कीवर्डहरू -

ओप्पोको फोल्डेबल फोन फाइण्ड एनथ्री सार्वजनिक हुँदै, के के छन् फिचर ?

ओप्पोको फोल्डेबल फोन फाइण्ड एनथ्री सार्वजनिक हुँदै, के के छन् फिचर ?

ओप्पोको फोल्डेबल फोन ओप्पो फाइण्ड एनथ्री चाँडै सार्वजनिक हुने भएको छ । फोनले ओप्पो फाइण्ड एन टूलाई प्रतिस्थापन गर्ने अपेक्षा गरिएको छ ।

एक ट्वीटमा ओप्पोले फोल्डेबल फोन ओप्पो फाइण्ड एनथ्रीको टिजर समेत सार्वजनिक गरेको छ । बुक स्टाइल फोल्डेबल अगस्टमा सार्वजनिक हुने सम्भावना छ ।

फाइण्ड एनथ्रीले ८ इन्च क्यूएचडी प्लस ओएलइडी लचिलो स्क्रिन भित्र र ६.५ इन्च फुल–एचडी बाह्य डिस्प्ले, प्रत्येक १२० हर्ज रिफ्रेस रेटको साथ आउने रिपोर्टमा बताइएको छ ।

फोनमा क्वालकमको अक्टाकोर स्नापड्रागन ८ जेन २ प्रोसेसर, १६ जीबी सम्मको र्याम र ५१२ जीबी सम्मको इनबिल्ट स्टोरेज हुने अपेक्षा गरिएको छ ।

ओप्पो फाइण्ड एनथ्रीमा रहेको ट्रिपल रियर क्यामेराले ५० मेगापिक्सेलको प्राइमरी सेन्सर, अल्ट्रा–वाइड लेन्ससहितको ४८ मेगापिक्सेल सेन्सर र पेरिस्कोप लेन्ससहितको ३२ मेगापिक्सेल सेन्सर सहित अप्टिकल इमेज स्टेबिलाइजेसन  फिचर हुन सक्ने छ ।

अगाडिको क्यामेरा ३२–मेगापिक्सेल सेन्सरहरूसँग आउन सक्ने छ । फोनमा ४८०० एमएएचको ब्याट्री हुनेछ, जसले ८० वाट वायर्ड फास्ट चार्जिङ सपोर्ट गर्नेछ ।