कीवर्डहरू -

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गरिने 

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गरिने 

काठमाडौं । सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने भएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले आ.व. २०७६\\७७ को बजेट भाषणका क्रममा यो विश्वविद्यालयको प्रस्ताव गर्दै यसका लागि एक अर्ब १० करोड विनियोजन गरिएको जानकारी दिए ।

त्यस्तै पारमाणविक, रेडियोधर्मी  र विकिरणको सुरक्षित प्रयोग र अनुसन्धानका लागि पारमाणविक अनुसन्धान केन्द्र स्थापना गरिने भएकाे छ ।

अन्तरीक्षसम्बन्धी अध्ययन अनुसन्धानका लागि अन्तरिक्ष अनुसन्धान केन्द्र स्थापना गरिने छ ।

त्यस्तै हरेक प्रदेशमा विधि विज्ञान प्रयोगशाला स्थापना गरिनेछ । 

शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रको बजेटमा एक खर्ब ६३ अर्ब ७६ करोड विनियाेजन गरिएकाे छ ।