कीवर्डहरू -

एनसीआईटीमा आयोजना भएको विद्यार्थीका परियोजना प्रदर्शनी तथा करियर फेयर सम्पन्न 

एनसीआईटीमा आयोजना भएको विद्यार्थीका परियोजना प्रदर्शनी तथा करियर फेयर सम्पन्न 

काठमाडौंको बालकुमारी स्थित नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) मा शनिबार विद्यार्थीका परियोजना प्रदर्शनी तथा करियर फेयर सम्पन्न भएको छ ।

प्रदर्शनी तथा करियर फेयरमा ५० बढी अन्तिम वर्षका विद्यार्थीका परियोजना र ५० बढी कम्पनी समेत सहभागी भएका थिए । प्रदर्शनी तथा करियर फेयर निःशुल्क अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको थियो ।

एनसीआईटी कलेजका सफ्टवेयर इन्जिनियरिङ विभाग प्रमुख विरेन्द्र विष्टले आईटी, कम्प्युटर, सफ्टवेयर र बीसीएका अन्तिम वर्षका विद्यार्थीले तयार पारेका प्रोजेक्टहरू प्रदर्शनीमा राखिएको बताए ।

यो कलेजको वार्षिक कार्यक्रम हो । विद्यार्थीलाई हौसला प्रदान गर्न एनसीआईटीले प्रदर्शनी गर्दै आएको छ । यसले विद्यार्थीलाई हौसलाका साथै प्रोजेक्टलाई अझै राम्रो बनाउन सहयोगी भूमिका खेल्ने कलेजको विश्वास छ ।

कार्यक्रममा ५० भन्दा बढी कम्पनी समेत आएका थिए । कम्पनी र विद्यार्थीलाई एउटै थलोमा ल्याउन विभिन्न आईटी कम्पनीलाई निमन्त्रण गरिएको विष्टको भनाइ छ । यसले शैक्षिक संस्था र उद्योगबीचको दूरीलाई कम गर्न समेत सघाउने कलेजले जनाएको छ ।

यस बाहेक शनिबार नै विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालित टेक्नोप्रेनरसीपका ४० स्टार्टअप आईडियाको बिजनेस प्लान समेत प्रस्तुत गरेका थिए ।

\"\"

\"\"

\"\"

\"\"

\"\"