कीवर्डहरू -

भिजन सेक्युरिटिजले डिजिटल केवाईसी सेवा उपलब्ध गराउने

भिजन सेक्युरिटिजले डिजिटल केवाईसी सेवा उपलब्ध गराउने

भिजन सेक्युरिटिजले डिजिटल केवाईसी सेवा प्रदान गर्ने भएको छ । डिजिटल अर्थात विद्युतीय केवाईसी प्रणाली सेवा संचालन गर्न सिडियस एण्ड क्लियरिङ लिमिटेड र भिजन सेक्युरिटिजबीच सम्झौता भएको हो।

डिजिटल केवाईसी लागू भएपश्चात ग्राहकले विद्युतीय माध्यमबाट आफ्नो खाता रजिष्टर गर्न सक्नेछन् । ग्राहकको औंठा छाप, विद्युतीय हस्ताक्षर तथा फोटो समेत प्रणालीमा अद्यावधिक हुनेछ।

रजिष्टर प्रकृया पूरा गरेपश्चात ग्राहकले केन्द्रिकृत केवाईसी नम्बर पाउनेछन् । त्यसपश्चात सिडियससँग निक्षेप लिएका अन्य सदस्य, ब्रोकर लगायत संस्थामा खाता खोल्नु परेमा उक्त नम्बरको प्रयोग गर्न सकिनेछ। यसका साथै खाताको विवरण ग्राहक आफैंले अनलाइनमार्फत हेर्न पाउने छन्।