कीवर्डहरू -

कोरियन भाषा परीक्षाको आवेदन अनलाइनबाट मात्रै दिन सकिने, यस्तो छ तरिका

कोरियन भाषा परीक्षाको आवेदन अनलाइनबाट मात्रै दिन सकिने, यस्तो छ तरिका

कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । दक्षिण कोरियाको पानी जहाज कम्पनीमा काम गर्न पठाउन वैदेशिक रोजगार विभागको ईपीएस (रोजगार अनुमति प्रणाली) कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको हो ।

कोरियन भाषा परीक्षाको आवेदन साउन २० गतेदेखि २४ सम्म फारम अनलाइनबाट मात्र भर्न सकिने छ । परीक्षा असोज १ गतेदेखि सुरू हुनेछ । परीक्षा एक दिनमा ४ सिफ्टमा सञ्चालन हुनेछ ।

आवेदक संख्याका आधारमा परीक्षा तालिका फेरबदल हुन सक्ने शाखाले जानकारी दिएको छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको, फौजदारी अभियोगमा सजाय नपाएको, गणतन्त्र कोरियामा गएर गैरकानूनी गतिविधिमा संलग्न नभएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको, कोरियामा इ–९ र इ–९–१ भिषामा पाँच वर्षभन्दा कम अवधि बसेकोले आवेदन दिन पाउने छन् ।

सन् २०२३ को कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा उत्तीर्ण भई सीप परीक्षा दिई बसेका व्यक्तिहरूलेसमेत यस क्षेत्रको परीक्षा आवेदन दर्ता गराउन सक्नेछन् ।

यो क्षेत्रको भाषा परीक्षामा सामेल भई अनुत्तीर्ण व्यक्तिहरूले पछि हुने अन्य क्षेत्रतर्फको परीक्षा आवेदनहरू प्रकाशित भएमा त्यस परीक्षाका लागिसमेत आवेदन दिन सक्ने शाखाले बताएको छ।

अनलाइनबाट फाराम भर्न सुरूमा यहाँ क्लिक गर्नुहोस् । उक्त साइट खुलेपछि त्यहाँ क्रेट न्यु अकाउन्टमा जानुहोस् र पासवर्ड तथा जन्ममिति राखेर नेक्स्टमा क्लिक गर्नुहोस् ।

त्यसपछि पासपोर्ट नम्बर, मोबाइल, इमेल, पासवर्ड राखेर सबमिट गर्नुहोस् । अनि मोबाइल ओटीपी आउँछ, उक्त ओटीपी कोड राखेर भेरिफाइ गर्नुहोस् ।

त्यसपछि अप्लाईमा क्लिक गरी आफ्नो सम्पूर्ण विवरण राखेर आवेदन दिन सकिने छ । यदी अनलाइन फारम भर्दा कुनै गाह्रो भएमा गाइड मा क्लिक गरी कसरी अनलाइन फाराम भर्ने जानकारी लिन सकिने छ । साथै तपाईसँग पहिले नै लगइन आईडी छ भने पासपोर्ट नम्बर र पासवर्ड राखेर फाराम भर्न सकिने छ ।

फारम भर्दा जेपीजी इमेज १०० केबीसम्मको आवश्यक पर्ने छ। फारम भर्दा आफ्नै ईमेल र मोबाइल नम्बर राख्नुपर्नेछ । परीक्षा शुल्क २८ अमेरिकी डलर तोकिएको छ । अनलाइन फारम भरेर दर्ता गर्नुभन्दा अघिल्लो दिन राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार खल्तीबाटै भुक्तानी गर्न सकिने छ ।

परीक्षा स्थल र सयम आउँदो भदौ ८ गते प्रकाशित गरिने शाखाले जनाएको छ । परीक्षा सञ्चालन हुनुभन्दा १ दिन अगाडि बायोमेट्रिक दर्ता तथा परीक्षाको दिन बायोमेट्रिक भेरिफाइ गर्नुपर्नेछ ।