कीवर्डहरू -

विज्ञापनरहित निःशुल्क स्ट्रिमिङ प्लेटफर्म ल्याउँदै नासा

विज्ञापनरहित निःशुल्क स्ट्रिमिङ प्लेटफर्म ल्याउँदै नासा

नेशनल एरोनोटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) ले नासा प्लस नामक अन–डिमान्ड स्ट्रिमिङ प्लेटफर्म ल्याउने भएको छ । प्लेटफर्म विज्ञापनरहित निःशुल्क र परिवारमैत्री हुने नासाको दावी छ ।

नासाले यस वर्षको अन्त्यमा नयाँ स्ट्रिमिङ प्लेटफर्म नासा प्लस पनि सुरु गर्ने योजना बनाएको छ । स्ट्रिमिङ प्लेटफर्म विज्ञापनरहित हुनेछ । यसमा स्ट्रिमिङ सेवासँगै केही नयाँ सिरिज पनि सार्वजनिक हुनेछन् ।

स्ट्रिमिङ सेवा नासा प्लस आईओएस र एन्ड्रोइड मोबाइल र ट्याब्लेटमा प्रयोग गर्न सकिने छ । नासा प्लस रोकु, एप्पल टिभी र फायर टिभी जस्ता स्ट्रिमिङ मिडियामा उपलब्ध जनाइएको छ ।

नासा प्लस वेबमा, डेक्स्टपमा समेत प्रयोग गर्न सकिने छ । अन्तरिक्ष एजेन्सी नासाले आउँदा दिनमा वेबसाइटहरूलाई इन–हाउस मल्टिमिडिया लाइब्रेरीसँग एकीकृत गर्न अन्य धेरै सुधार गर्ने पनि योजना गरिरहेको छ ।

साथै अमेरिकी अन्तरिक्ष एजेन्सीले पनि आफ्नो विज्ञान वेबसाइटहरू सुधार गर्दैछ । अहिलेको लागि यो एक बेटा वेबसाइट हो ।

नासाले दर्शकलाई वेबसाइट भ्रमण गर्न र beta.nasa.gov मा गएर प्रतिक्रिया दिन सकिने जनाएको छ । यस प्रतिक्रियाको आधारमा नासाले निरन्तर बेटा साइट अद्यावधिक र सुधार गर्न जारी राख्ने बताएको छ ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आगन्तुकहरूको सहजताका लागि आफ्ना मुख्य वेबसाइटहरू परिमार्जन गर्दैछ । एजेन्सीको मिशन र अनुसन्धान, जलवायु डेटा, थप अपडेट सम्बन्धी सबै जानकारी समावेश गर्ने नासाको भनाइ छ ।

नासा डट जिओभी र साइन्स डट जिओभी वेबसाइट प्रयोगकर्ताबाट प्राप्त प्रतिक्रियाको आधारमा वेबसाईटलाई अपडेट गरिने छ ।