कीवर्डहरू -

कुमारी क्यापिटल नेशनल पेमेन्ट स्वीचमा आबद्ध

कुमारी क्यापिटल नेशनल पेमेन्ट स्वीचमा आबद्ध

कुमारी क्यापिटल नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरूमा आबद्ध भएको छ । कुमारी क्यापिटलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मा र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यो सम्झौतापछि कुमारी क्यापिटलका आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडी विभिन्न भुक्तानी तथा लगानी प्राप्त गर्ने कारोबारहरू गर्न सक्ने बताइएको छ ।

साथै, क्यापिटलका डिभिडेण्ड भुक्तानी, तलब, भेण्डर भुक्तानी, लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरू आफ्ना तथा लाभग्राहीहरूका बैङ्क खाताहरुबीच सोझै गर्न सक्नेछ ।

पहिलो चरणमा क्यापिटलका इकाई धनीहरुले सिस्टेमेटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी)मा आफ्नो मासिक वा त्रैमासिक लगानी गर्न र अन्य विभिन्न सेवाहरू पनि थपिने छन् ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रूपमा विकास गरिएको एनपीआईमा हाल ५५ सदस्य बैङ्क वित्तीय संस्थाहरू आबद्ध छन् ।

यस्तै, पीएसपी/पीएसओ, रेमिटेन्स कम्पनीहरू, मर्चेन्ट बैङ्क, सरकारी तथा अर्धसरकारी संस्थाहरू लगायतका १०० भन्दा बढी गैर बैंकिङ्ग संस्थाहरू इन्डाइरेक्ट/प्राविधिक सदस्यका रूपमा आबद्ध छन् ।

मर्चेन्ट बैङ्किङ, बीमा, सहकारी, लघुवित्त लगायतका विभिन्न क्षेत्रहरूमा भुक्तानी कारोबारहरूलाई डिजिटाइज गर्न एनपीएस अन्तर्गतका विभिन्न उपकरणहरु सञ्चालनमा छन् ।