कीवर्डहरू -

भारतीय एकाधिकार तोड्दै इन्टरनेटको \'सूचना हाइवे\' जोडियो चाइनासँग

इन्टरनेट सुलभ र सस्तो हुने !

भारतीय एकाधिकार तोड्दै इन्टरनेटको \'सूचना हाइवे\' जोडियो चाइनासँग

नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच क्रसबोर्डर अप्टिकल फाइबर लिंक आज अर्थात् १२ जनवरीबाट व्यावसायिक सञ्चालनमा आएको छ । अब विश्वसँग जोडिने नेपालको सूचना महामार्ग Information Highway भारत र चीन दुवैतिरबाट सम्भव भएको छ ।

एक कार्यक्रमका बीच माननीय सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले फाइबर लिंकको औपचारिक शुभारम्भ गरेका हुन ।  सो अवसरमा मन्त्री बस्नेतले देशव्यापी रुपमा इन्टरनेट पूर्वाधार निर्माणका लागि नेपाल चीन क्रस बोर्डर अप्टिकल फाइबर लिंक एक कोशेढुंगा भएको बताउदै चीन र नेपालबीच सरकारी , संस्थागत र जनस्तरमा भइरहेको सहयोगलाई अझै बढाउन यसले भूमिका खेल्ने विश्वास ब्यक्त गरे ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष केदार बहादुर अधिकारीले आर्थिक वृद्धि र देशको समग्र विकासका लागि दूरसञ्चार पूर्वाधारले महत्वपूर्ण भूमिका खेल्ने भएकोले सो लिंक नेपालका लागि महत्वपूर्ण भएको बताए ।

नेपालका लागि चीनका राजदूत यु होङले नेपालका लागि चीन दोस्रो ठूलो व्यापारिक साझेदार राष्ट्र भएको स्मरण गर्दैै सो लिंकले इन्टरनेट उपलब्धताका लागि छोटो रुट उपलब्ध गराएको मात्र नभई दुई देश बीचको व्यावसायिक सम्भावनालाई अझै नजिक ल्याएको बताएका थिए ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले नेपाल टेलिकमले विगत एक सय बर्ष यता ग्राहकको चाहना अनुसारका विभिन्न सेवा उपलब्ध गराउदै आएको बताउदै हाल वायरलेस तर्फ फोरजी तथा वायरलाइन तर्फ फिक्स ब्रोडब्यान्डको विस्तार सँगसँगै सो रुटमार्फत हुने थप अन्तर्राष्ट्रिय आवद्धताले अहम् भूमिका निर्वाह गर्ने बताइन ।

\"\"

चाइना टेलिकम ग्लोबलका मूख्य प्रतिनिधि वाङ  योङलिनले फाइबर लिंकले केबुलमार्फत नेपाललाई चीन र हङकङ हुँदै युरोप , मध्य एसिया , उत्तर पूर्वी एसिया र अमेरिका सम्म जोड्ने बताउनु भयो ।

सो केबुलले भारत र चीनलाई समेत जोड्ने र दुई देश बीचको सम्बन्धलाई अझै मजबुत बनाउने तथा नेपाली कम्पनीहरुको बजार विस्तारमा सहयोग पु ¥ याउने बताए ।

सो अवसरमा ब्याकबोन ट्रान्समिसन निर्देशनालयका प्रबन्धक संगीता पहाडीले क्रसबोर्डर अप्टिकल फाइबर लिंक वारे प्रस्तुतिकरण गरेकी थिइन ।

इन्टरनेट सेवाको भरपर्दो सञ्चालनको लागि प्राविधिक तथा व्यावहारिक रुपमा एक भन्दा बढी सेवा प्रदायकसँग अप्टिकल फाइबरमार्फत अन्तरआवद्धता हुनु पर्ने आवश्यकताको बोध भई सन् २००३ देखि नै निम्नानुसार पहल भएको थियो ।

  • सन् २००३ को डिसेम्बर ३ मा तत्कालीन श्री ५ को सरकार र चिनिया सरकार बीच भएको आर्थिक तथा प्राविधिक सम्झौता बमोजिम अरनिको राजमार्ग अन्तर्गत काठमाडौं देखि खासा झाम्सुङ सम्म १५५ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने कार्य २००८ अगस्टमा सम्पन्न भएको थियो ।

  • नेपाल टेलिकम र तत्कालीन चाइना टेलिकम्युनिकेसन कर्पोरेसन बीच झाङमु र तातोपानी बीच ट्रान्सपोर्ट नेटवर्क इन्टरकनेक्सन गर्ने सम्बन्धी समझदारी पत्र ( MOU ) मा सन् २०११ डिसेम्बर २६ मा हस्ताक्षर भएको थियो ।

  • सन् २०१३ डिसेम्बर २३ मा बैकल्पिक रुटको रुपमा नेपाल चीन क्रसबोर्डर अप्टिकल फाइबर कनेक्टिभिटीका लागि आवश्यक चाइना नेपाल केबुल ट्रान्समिसन सिष्टम निर्माण र मर्मत सम्बन्धी नेपाल टेलिकम र चाइना टेलिकम्युनिकेसन कर्पोरेसन बीच सम्झौता पत्रमा हस्ताक्षर भयो ।

\"\"

  • सन् २०१५ को अप्रिल २५ मा आएको भूकम्पका कारण काठमाडौं तातोपानी रुट क्षतिग्रस्त भयो । त्यसपछि काठमाडौं रसुवागढी रुटका लागि आवश्यक ADSS (All-Dielectric Self-Supporting लिंक निर्माण सम्बन्धी कार्य अगाडि बढेको थियो ।

  • तत्पश्चात सन् २०१६ को मे महिनामा चाइना टेलिकम र नेपाल टेलिकम दुवैले अप्टिकल फाइबर कनेक्टिभिटीको परीक्षण सफलतापूर्वक सम्पन्न गरेका थिए ।

  • यही बीचमा सन् २०१६ को जुलाई १४ मा उक्त अप्टिकल फाइबर लिंकलाई व्यावसायिक प्रयोजनका लागि उपयोग गर्न नेपाल टेलिकमले सूचना तथा सञ्चार मन्त्रालयबाट स्वीकृति प्राप्त गरेको थियो ।

  • सन् २०१६ को डिसेम्बर ६ मा यस सम्बन्धी व्यावसायिक सम्झौता हङकङमा सम्पन्न भएको थियो ।

  • तत्पश्चात सम्पूर्ण तयारी पछि परीक्षण कार्य गरेर आज सन् २०१८ जनवरी १२ देखि उक्त अप्टिकल फाइबर लिंक औपचारिक रुपमै व्यावसायिक रुपमा सञ्चालनमा आएको छ ।

\"\"

तोडिँ यो भारतीय एकाधिकार
नेपालको स्थलमार्गबाट हुने दूरसञ्चारको अन्तर्राष्ट्रिय आबद्धतामा भारतीय एकाधिकार तोडिने भएको छ । नेपालले चीन हुँदै विश्वबजारको दूरसञ्चार नेटवर्कमा आबद्ध हुने बाटो खुलेसँगै भारतीय एकाधिकार तोडिने भएको हो । विश्वव्यापी दूरसञ्चार नेटवर्कमा आबद्धताका लागि स्याटेलाइट र केबल गरी दुईवटा माध्यम छन्

हाल नेपालले दूरसञ्चारमा अन्तर्राष्ट्रिय आबद्धताका लागि एकभन्दा बढी मुलुकको स्याटेलाइट प्रयोग गरे पनि स्थलगत आबद्धता भने भारतबाट मात्रै हुँदै आएको छ । चीनसँग अप्टिकल फाइबरमार्फत जोडिएसँगै अब नेपालले भारतबाहेक चीनको बाटो हुँदै विश्व दूरसञ्चार सञ्जालमा जोडिने प्रवक्ता वैद्यले बताइन् चिनबाट अप्टिकल फाइबर जोडिए पनि तत्काल कति ब्याण्डविड्थ नेपाल ल्याइने हो, र त्यसको रकम पर्ने भन्ने कुरा खुलाइएको छैन

सस्तो र स्तरीय इन्टरनेट

एसियामा इन्टरनेट डाटा सेन्टरको मुख्य हब सिंगापुर र हङकङलाई मानिन्छ । भारतको दिल्ली र मुम्बई पनि ठूला हब हुन् । हालसम्म नेपालको नेटवर्क भारतको चेन्नई हुँदै सिंगापुर पुग्छ र समुद्रीमार्गबाट अन्तर्राष्ट्रिय सञ्जालमा जोडिन्छ । अब चीनतर्फको नेटवर्क केरुङ , ल्हासा हुँदै हङकङ जोडिनेछ । चीनबाट जोडिने सञ्जाल भारतीयभन्दा निकै छोटो रहेको टेलिकमले जनाएको छ । दूरी छोटो भएकै कारण इन्टरनेट सेवा सस्तो हुनुका साथै स्तरीयसमेत हुने सरोकारवाला बताउँछन्

अहिले भारतबाट ल्याइने प्रति एमबी १० देखि १५ रुपैया पर्ने जनाइएको छ तर चाइना बाट जोडिएको मूल्य तत्काल जानकारी नभए पनि बिस्तारै इन्टरनेट सस्तो हुने नेपाल दुरसंचार प्राधिकरणका अध्यक्ष् दिगम्बर झा बताउछन्