कीवर्डहरू -

आईटी सेवा निर्यात गर्ने नेपाली फ्रिल्यान्सरले औषतमा वार्षिक कति आम्दानी गर्छन् ? 

आईटी सेवा निर्यात गर्ने नेपाली फ्रिल्यान्सरले औषतमा वार्षिक कति आम्दानी गर्छन् ? 

सूचना प्रविधिको विकास र विस्तारसँगै पछिल्लो समय आईटी सेवा निर्यात गर्ने फ्रिल्यान्सरहरू पनि बढ्दै गएका छन् ।

फ्रिल्यान्सरको रूपमा सेवा निर्यात गरेर विदेशी मुद्रा भित्र्याउनमा उनीहरूको योगदान पनि महत्त्वपूर्ण छ । तर अहिलेसम्म सूचना प्रविधि सेवा निर्यात गर्ने फ्रिल्यान्सरको तथ्यांक नेपालसँग थिएन् ।

हालै सर्वांगीन विकास अध्ययन केन्द्र (आईआईडीएस) ले गरेको एक अध्ययनले नेपालबाट सन २०२२ सम्म ६६ हजार ५०९ जना फ्रिल्यान्सर रहेको देखाएको छ ।

क्रेरिक एण्ड डेटा इन्ट्रीमा ७ हजार २१२, क्रियटिभ एण्ड मल्टिमिडियामा ७ हजार ३५५, प्रोफेसनल सेवामा २६७, सेल्स एण्ड मार्केटिङ सपोर्टमा ३ हजार ३२६, सफ्टवेयर विकास र प्रविधिमा १४ हजार ७२८, डिजिटल प्लेटफर्ममा लेख्ने र ट्रान्सलेसनमा ५ हजार ६६८ जनाले फ्रिल्यान्सरको रूपमा काम गरिरहेका छन् ।

सन् २०२१ मा आईटी सेवा निर्यात गर्ने ४२ हजार ८४७ रहेकोमा सन् २०२२ मा त्यसको संख्या ६६ हजार पुगेको छ । एक वर्षमा नेपालबाट फ्रिल्यान्सर सेवा प्रदान गर्ने धेरै थपिएका छन् ।

आईडीआईएसको अध्ययनमा फ्रिल्यान्सरले औसतमा वार्षिक ४ हजार ७२३ अमेरिक डलर अर्थात ६ लाख १३ हजार ९९० रूपैयाँ कमाउने गरेको देखिएको छ । फ्रिल्यान्सर मध्ये ७० प्रतिशतले आईटीसँग सम्बन्धि कोर्ष पुरा गरेका छन् ।