कीवर्डहरू -

फोनपेबाट विद्युतको बिल तिर्ने अनुपले जिते आईफोन १३ 

फोनपेबाट विद्युतको बिल तिर्ने अनुपले जिते आईफोन १३ 

नेपालको अग्रणी भुक्तानी प्रणाली संचालक फोनपेले ‘फोनपे गर्ने हो, बिजुलीको बिल तिर्दा आईफोन १३ जित्ने हो’ नामक योजना अन्तर्गत एक भाग्यशाली  बिजेताको घोषणा गरेको छ ।

उक्त योजना गत जेष्ठ महिना भरि लागू गरिएको थियो । यस योजनाले हजारौँको संख्यामा ग्राहकहरुको सहभागिता देख्नु को साथ साथै देश व्यापीरुपमै सकारात्मक प्रतिकिया प्राप्त गरेको थियो ।

यस योजनामा आफ्नो सहभागिता जनाउन ग्राहकहरुले तोकिएको अवधिभर बिजुलीको बिल तिर्दा आफ्नो मोबाइल बैंकिङ एपमा गई फोनपे को बिल भुक्तानी सेवा प्रयोग गर्नुपर्ने सर्त लागु गरिएको थियो ।

काठमाडौँ स्थित नेपाल विद्युत प्राधिकरणको कार्यालयमा साउन ११ गते यस योजनाका भाग्यशाली  विजेता अनुप  सिकर्मीलाई आईफोन १३ हस्तान्तरण गरिएको थियो ।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्गले सिकर्मीलाई उक्त पुरस्कार हस्तान्तरण गरेका थिए । कुलमान  घिसिंगले विजेतालाई बधाई  दिदै  फोनपेले  नेपालमा विद्युतीय भुक्तानीलाई प्रवर्द्धन गर्न चालेका विभिन्न कदमको प्रशंसा गरेका थिए ।

‘भुक्तानीका  विभिन्न विद्युतीय  माध्यमहरुले  नेपाललाई  नयाँ युगमा  प्रवेश  गराएको  छ ।  पछिल्ला  दिनहरुमा   यस्ता  प्रविधिहरुले सबैको  समय  बचाउनुको  साथ  साथै  अन्य धेरै  सहुलियत प्रदान  गर्दै  आएको छ।  म नेपाल विद्युत प्राधिकरणका सम्पूर्ण  ग्राहकहरु  माझ बिजुलीको  शुल्क  तिर्दा  विद्युतीय भुक्तानीका  माध्यमहरु  प्रयोग गर्न आग्रह गर्दछु,’ घिसिङले भने ।

फोनपेका  प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाले  पनि  आफ्नो  संस्थाको  लक्ष्य  भनेकै  सम्पूर्ण नेपाली  ग्राहकहरुलाई विद्युतीय  भुक्तानी  प्रणालीमा  प्रवेश  गराई  विभिन्न  सुविधाहरु  थप्दै  जाने  र  पुराना भुक्तानी माध्यमका अफ्ठ्याराहरुलाई  सजिलो  बनाउदै  लैजाने प्रतिबद्धता जनाए ।