कीवर्डहरू -

सामसङ टिभी खरिदमा ३ वर्षको वारेन्टी

सामसङ टिभी खरिदमा ३ वर्षको वारेन्टी

नेपालकै सबैभन्दा लोकप्रिय उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले आफ्ना ग्राहकहरूका लागि उत्कृष्ट गुणस्तरका उत्पादनहरू ल्याउने आफ्नो निरन्तर प्रयासद्वारा ग्लोबल नम्बर वान टिभी ब्रान्डको रूपमा आफ्नो स्थान लगातार १७ वर्षदेखि कायम राखेको छ ।

यो वर्ष सामसङ नेपालले सामसङ टिभीहरूमा ३ वर्षसम्मको पूर्ण वारेन्टी दिने अफर ल्याएको छ। यो वारेन्टी यस वर्षको अन्त्य अघि सामसङको आधिकारिक आउटलेटहरूबाट खरिद गरिएको सामसङ टि, ए, बि र सी-सिरिज टिभी सेटहरूमा लागु हुनेछ ।

सामसङ नेपालको उपभोक्ता इलेक्ट्रोनिक्सका महाप्रबन्धक आलोक कुमार गुप्ताले ३ वर्षको वारेन्टी अफरले सबै सामसङ टिभी ग्राहकहरूलाई फाइदा हुने बताए ।

यो अफर क्युएलईडी, फ्रेम, युएचडी, एफएचडी टिभी जस्ता धेरै सामसङ टिभीको रेन्जहरूमा लागु हुनेछ । यो वारेन्टी अफर २०२३ अगष्ट १ देखि  ३२ देखि ८५ इन्चका सामसङ टिभीको उपलब्ध रेन्जहरू अन्तर्गत खरिद गरिएका टिभीहरूका लागि मान्य हुनेछ र डिसेम्बर ३१, २०२३ मा सो अफर समाप्त हुनेछ ।

यो नयाँ वारेन्टी अफर मार्फत ग्राहकले बजारमा उपलब्ध गुणस्तरीय सामसङ टिभी सेटमा चिन्तामुक्त, गुणस्तरीय स्क्रिन टाइमको मजा लिन सक्नेछन् भनेर सामसङको विश्वास छ ।

यो अफर नेपालका लागि सामसङ टिभीहरूको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रालि अन्तर्गत डिलर नेटवर्कबाट खरिद गरिएका र माथि उल्लिखित टि, ए, बि र सी सिरिजका टिभीहरूमा मात्र लागू हुनेछ ।

यस ३ वर्षको वारेन्टी अफरमा रिमोट भने समावेश गरिएको छैन। रिमोट कन्ट्रोलहरूमा भने एक वर्षको वारेन्टी प्रदान गरिएको छ ।