कीवर्डहरू -

माथिल्लो डोल्पाको तेन्जीमा पुग्यो वर्ल्डलिंकको इन्टरनेट

माथिल्लो डोल्पाको तेन्जीमा पुग्यो वर्ल्डलिंकको इन्टरनेट

नेपालको सबैभन्दा ठूलो इन्टरनेट वर्ल्डलिंक कम्युनिकेसनले माथिल्लो डोल्पाको तेन्जीमा इन्टरनेट सेवा पुर्‍याएको छ । कम्पनीले माथिल्लो डोल्पाको तेन्जीमा ५२०० मिटरको उचाइमा इन्टरनेट पुर्‍याएको बताएको हो ।

सबैलाई, जुनसुकै ठाउँमा ,सधैं जोड्ने भिजनका साथ माथिल्लो डोल्पाको तेन्जीमा इन्टरनेट पुराएर एक नयाँ उचाइमा पुगेको कम्पनीले जानकारी दिएको छ ।

वर्ल्डलिंकले उच्च हिमाली भेगहरूमा इन्टरनेट पुराउन निरन्तर काम गरिरहेको छ । इन्टरनेटको पहुँच नपुगेका ठाउँहरूमा गुणस्तरीय इन्टरनेट सेवा पुर्‍याउन कम्पनीले काम गरिरहेको जनाएको छ ।