कीवर्डहरू -

कोडिङ, रोबोटिक्स र एआइ प्रोग्रामका लागि स्टिम डट ओआरजीबाट दुरशिक्षालाई मान्यता

कोडिङ, रोबोटिक्स र एआइ प्रोग्रामका लागि स्टिम डट ओआरजीबाट दुरशिक्षालाई मान्यता

दुरशिक्षाले कोडिङ, रोबोटिक्स र एआइ प्रोग्रामका लागि स्टिम डट ओआरजीद्वारा मान्यता प्राप्त गरेको छ । दुरशिक्षाले निरन्तर रुपमा कोडिङ, रोबोटिक्स र एआइ प्रोग्राममा विद्यार्थीहरुलाई सिकाउँदै आएको छ ।

स्टिम डट ओआरजीले विज्ञान, प्रविधि, ईन्जिनियरिङ्, र गणित (स्टेम) शिक्षामा उत्कृष्ट संस्थाहरूलाई सपोर्ट गर्ने गर्दछ । स्टेम डट ओआरजीद्वारा मान्यता प्राप्त कोर्सहरुका लागि प्रविधिको सहयोगले परिवर्तन ल्याउन तथा कोडिङ, रोबोटिक्स र एआइलाई गतिशीलता दिनका लागि दूरशिक्षाले काम गरिरहेको छ ।

दूरशिक्षाको स्टिम कोर्ष विद्यालयहरूमा पनि सञ्चालनमा रहेको छ । दुरशिक्षाका सिइओ कृष्ण पाण्डेले मान्यता पाएकोमा खुशी व्यक्त गर्दै विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न दुरशिक्षा सदैव तत्पर रहेको बताए ।

यसले दुरशिक्षालाई आफ्नो स्रोतसाधन प्रवद्र्धन गर्नका लागि पनि सहयोग मिलेको पाण्डेको भनाइ छ । दूरशिक्षामा विद्यार्थीहरूले अत्याधुनिक प्रयोगशाला, अत्याधुनिक प्रविधि र ह्यान्ड्स–अन सिक्ने अनुभव पाउन सक्छन्, जसले रचनात्मकता र समस्या समाधान गर्ने सीपहरूले वढवा दिने कम्पनीको विश्वास छ ।