कीवर्डहरू -

आर्सेन टम्स्कीको पुस्तक ‘इभड्राइभरः साइबेरियादेखि सिलिकन भ्यालीसम्म’ अब नेपाली भाषामा 

आर्सेन टम्स्कीको पुस्तक ‘इभड्राइभरः साइबेरियादेखि सिलिकन भ्यालीसम्म’ अब नेपाली भाषामा 

ग्लोबल राइड शेयरिङ कम्पनी इनड्राइभका संस्थापक तथा सीईओ आर्सेन टम्स्कीले आफ्नो पुस्तक इभड्राइभरः साइबेरियादेखि सिलिकन भ्यालीसम्म’ पुस्तक नेपाली भाषामा पनि सार्वजनिक भएको छ ।

नेपाली भाषामा अनुवाद भएको ‘इन ड्राइभरः फ्रम साइबेरिया टु सिलिकन भ्याली’ पुस्तक मंगलबार सार्वजनिक भएको हो ।

अंग्रेजी, स्पेनिश, पोर्चुगिज भाषापछि उक्त पुस्तक नेपाली भाषामा पनि उपलब्ध भएको छ । विमोचन कार्यक्रममा बोल्दै इनड्राइभ संस्थापक आर्सेन टम्स्कीले पाठकहरूसँग इनड्राइभको अनुभव सबैसँग शेयर गर्न पाउँदा खुसी लागेको बताए ।

‘इन ड्राइभ मेरा लागि व्यवसायिक यात्रा नभएर व्यक्तिगत र भावानात्मक यात्रा पनि हो,’ उनले भने, ‘इनड्राइभले मेरो जीवनलाई नयाँ आकार दिएको छ । सोही कार्यको अनुभव बाँड्दा खुसी छु ।’

\"\"

पुस्तकमा आर्सेनको जीवन कथा समेटिएको छ । साइबेरियाको एउटा गाउँमा जन्मेको एउटा मान्छेले कसरी ग्लोबल राइड हेलिङ प्लेटफर्म बनायो भन्नेसम्मको कथा पुस्तकमा उतारिएको छ ।

अमेरिकाको क्यालिफोर्नियामा मुख्यालय रहेको इनड्राइभ ४० भन्दा बढी देशमा फैलिएको छ भने १७५ मिलियन भन्दा बढी पटक डाउनलोड भएको छ ।

नेपालमा पनि इनड्राइभको सेवा उपलब्ध छ । पछिल्लो समय नेपालमा पनि इनड्राइभ लोकप्रिय राइड शेयरिङ प्लेटफर्मको रूपमा परिचित छ ।