कीवर्डहरू -

ग्लोबल आइएमई बैंकको श्रावण अफर सार्वजनिक, महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड वितरण

ग्लोबल आइएमई बैंकको श्रावण अफर सार्वजनिक, महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड वितरण

ग्लोबल आइएमई बैंक लिमिटेडले महिला ग्राहकहरूलाई निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने गरी श्रावण स्पेसल अफर सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको यो योजना अन्तर्गत महिला ग्राहकहरूले निःशुल्क रूपमा बैंकको क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन् । यो योजना श्रावण १६ गतेदेखि सीमित अवधिका लागि लागु हुनेछ ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।