कीवर्डहरू -

अब एआईले नै निकाल्ने छ अब्राहम लिङ्कनको जस्तो आवाज

अब एआईले नै निकाल्ने छ अब्राहम लिङ्कनको जस्तो आवाज

मेटाले अमेरिकाका पूर्व राष्ट्रपति अब्राहम लिंकन जस्तै बोल्ने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सार्वजनिक गर्ने भएको छ ।

रिपोर्टका अनुसार फेसबुकको मूल कम्पनी मटाले विभिन्न प्रकारका च्याटबटहरू तयार गरिरहेको छ, जसले विभिन्न व्यक्तित्वहरू देखाउँछ । मेटाको यो च्याटबट सेप्टेम्बरको सुरुमा सार्वजनिक हुन सक्ने अपेक्षा गरिएको छ ।

मेटाको यो प्रोजेक्टसँग सम्बन्धित व्यक्तिहरूले कम्पनीले त्यस्तो किसिमको च्याटबटहरूको प्रोटोटाइपमा काम गरिरहेको बताएका छन् ।

यसले मानिस जस्तै आफ्ना प्रयोगकर्ताहरूसँग अन्तरक्रिया गर्न सक्छ । यस च्याटबटको सहयोगबाट मेटाले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्महरुमा प्रयोगकर्ताहरूको संलग्नता बढाउन चाहिरहेको छ ।

रिपोर्टको अनुसार यी च्याटबटहरू मध्ये एकले अमेरिकाको १६ औं राष्ट्रपति अब्राहम लिंकन जस्तै कुरा गर्न सक्छ । रिपोर्ट अनुसार, यो च्याटबटले प्रयोगकर्ताहरूलाई खोज कार्यको साथमा आफ्नो सुझाव दिनेछ ।

मेटाले केही दिन अघि भाषा मोडेल लामा २ सार्वजनिक गरेको थियो । यसको मद्दतले अन्य कम्पनीहरूले आफ्नो लागि च्याटबटहरू बनाउन सक्नेछन् ।

लामा २ को दुई संस्करणमा उपलब्ध छ । यी मध्ये एउटा लामा २ र अर्को लामा २–च्याट हो । लामा २ दुई–तर्फी कुराकानीको लागि डिजाइन गरिएको छ ।

गुगलले च्याटजीपीटी निर्माता ओपनएआइ जस्तै भाषा मोडेल पाल्म २ पनि विकास गरेको छ । यसका साथै अमेजनले आफ्नो भर्चुअल असिस्टेन्ट एलेक्सालाई थप संवादात्मक बनाउन एआई सपोर्ट ल्याउने योजना बनाएको छ ।