नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) को गलत निर्देशनका कारण भोयजर-२ अन्तरिक्षयान १९.९ अर्ब किलोमिटर टाढा पुगेको छ ।
योसँगै अन्तरिक्षयानको एन्टेना पनि २ प्रतिशतले सरेको थियो, जसका कारण नासासँगको अन्तरिक्षयानको सम्पर्क टुट्न पुगेको थियो । तर मंगलबार भने भोयजर–२ १९९७ बाट हार्टबिट सिग्नल प्राप्त भएको छ ।
प्राविधिक गडबडीका कारण अन्तरिक्ष यानले डिप स्पेस नेटवर्कमा अन्तरिक्ष जानकारी पठाउन सकेको थिएन । यसैबीच मंगलबार धेरै दिनपछि अन्तरिक्षमा भोयाजर २ को आवाज सुनिएको जानकारी आएको हो ।
अष्ट्रेलियाको क्यानबेरामा रहेको आफ्नो सबैभन्दा ठूलो एन्टेनामार्फत भोयजर–२ को खोजी भइरहेको नासाले जानकारी दिएको थियो । हाल, यो अन्तरिक्ष यान रहेको ठाउँबाट पृथ्वीबाट अन्तरिक्ष यानमा कुनै पनि सिग्नल पठाउन १८ घण्टाभन्दा बढी समय लाग्छ ।
परियोजना प्रबन्धक सुजेन डोडले मंगलबार इमेलमार्फत जानकारी दिए अनुसार अन्तरिक्ष यानको संकेत डीप स्पेस नेटवर्कमा ट्र्याक गरिएको छ । यसको मतलब ४६ वर्ष पुरानो अन्तरिक्ष यान अझै काम गरिरहेको छ ।
क्यालिफोर्नियाको जेट प्रोपल्सन प्रयोगशालाका उडान नियन्त्रकहरूले अब भोयाजर-२ को एन्टेनालाई पृथ्वीतर्फ फर्काउने प्रयास गर्नेछन् ।
वैज्ञानिकहरुले अन्तरिक्षयानलाई नियन्त्रणमा ल्याउन नसके अटोमेटिक स्पेसक्राफ्ट रिसेटका लागि अक्टोबरसम्म कुर्नुपर्ने बताएका छन् ।
यद्यपी, वैज्ञानिकहरूले अन्तरिक्षयानको एन्टेना २ प्रतिशत मात्रै अफ–किल्टर भएको विश्वास गर्छन् । यो भोयजर २ सन् १९७७ मा अन्तरिक्षमा रहेका अन्य ग्रहहरूको खोजीका लागि प्रक्षेपण गरिएको थियो ।
भोयजर २ सँगसँगै भोयजर १ लाई पनि अन्तरिक्षमा पठाइएको थियो । भोयाजर १ अहिले पृथ्वीबाट १५ अर्ब माइल (२४ बिलियन किलोमिटर) टाढा छ । सन् २०१८ मा भ्वाएजर–२ ले सौर्यमण्डल पार गरी इन्टरस्टेलर अन्तरिक्षमा पुगेको थियो ।