कीवर्डहरू -

अब शुन्य प्रतिशत ब्याजदरमै सेगवेका ईलेक्ट्रिक स्कुटर

अब शुन्य प्रतिशत ब्याजदरमै सेगवेका ईलेक्ट्रिक स्कुटर

सेगवे नाइनबटको नेपालका लागि आधिकारिक विक्रेता आईहबले सेगवे इलेक्ट्रिक स्कुटरका लागि शुन्य प्रतिशत ब्याजदरमा फाइनान्सिङ सुविधा उपलब्ध गराउने भएको छ ।

सेगवेको शुन्य प्रतिशत फाइनान्सिङ सेवाले ५ लाख रुपैयाँसम्मको कर्जा रकममा ब्याजको बोझ नलिई आफ्नो रोजाईको विद्युतीय स्कुटरको किन्न पाउने छन् ।

यो विशेष अफर सेगवेका सबै लोकप्रिय मोडेलहरू एन १००, ई १००, ई११० एल, र एल १२५ मा उपलब्ध छ ।  शुन्य प्रतिशत ब्याजदर सेवा ग्राहकको सुविधालाई ध्यानमा राखेर डिजाइन गरिएको हो, जसले गर्दा १८ महिनासम्मको सहज ईएमआई प्राप्त हुनेछ । यो सेवाले ग्राहकहरुलाई सेगवे इलेक्ट्रिक स्कुटर खरिद र लगानीलाई रमाइलो र व्यावहारिक बनाउने र यसबाट सहज, किफायती स्वामित्व अनुभवको आनन्द लिन सक्ने कम्पनीको विश्वास छ ।

सेगवको स्कुटर खरीद गर्दा प्रत्येक स्कुटर प्याकेजमा हेलमेट, स्कूटर कभर, रेनकोट र एक वर्षको वार्षिक मर्मतसम्भार जस्ता अफर कम्पनीले उपलब्ध गराउँदै आएको छ ।

गवेले आकर्षक एक्सचेन्ज अफर ल्याएको छ, जसमा ग्राहहरूले आफ्नो अव्यवस्थित स्कुटरहरूमा नयाँ सेगवे इलेक्ट्रिक स्कुटर खरिद गर्न पाउनेछन् । यो अवसर प्रत्येक ग्राहकको आम्दानीको स्रोतलाई ध्यानमा राखेर तयार पारिएको छ, उनीहरूले स्कूटरको स्वामित्वमा व्यक्तिगत, झन्झटमुक्त यात्राको  सुनिश्चिता पाउनेछन् ।

कम्पनीको एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, र तपाईको बजार लगायतका वित्तीय संस्थाहरूसँगको सहकार्यमा शुन्य प्रतिशत ब्याजदरमा ईएमआईको सुविधा ल्याएको हो ।