कीवर्डहरू -

एउटै परिचयपत्र भित्र सम्पूर्ण सूचना र जानकारी

एउटै परिचयपत्र भित्र  सम्पूर्ण सूचना र जानकारी

नेपालीले एक भन्दा बढि परिचयपत्र बोक्‍न नपर्ने भएको छ।

अर्थमन्त्री युवराज खतिवडाले नेपालीहरुको सम्पूर्ण सूचना र जानकारी एउटै परिचयपत्रभित्र समावेश गरी विद्युतीय परिचय पत्र (डिजिटल आइडी कार्ड) को व्‍यवस्था गरिने बताए।

अब वैदेशिक रोजगारिमा जाने कामदारहरुको लागि विद्युतीय राहदानीको पनि व्‍यवस्था हुने भएको छ।

आर्थिक वर्ष २०६६/७७ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीले भने "आगामी वर्षभित्र सम्पूर्ण नेपालीहरुको परिचयात्मक जानकारी र विवरणहरु एउटै कार्ड विद्युतीय परिचपत्रमा हुनेछ। हामीले यसको लागि काम सुरु गरिसकेको र विद्युतीय राहदानी पनि आगामी वर्षभित्र उपलब्ध गराउने छौ।"

विदेशीको प्रवेशाज्ञा पनि अनलाइनबाट हुने जनाइएको छ। सरकारी सेवामा प्रयोग हुने विद्युतिय सुचना र विवरण डिजास्टर रिकभरि केन्द्र मार्फत सुरक्षित गरिनेछ।

आगामी दुई भित्रै देशभर सुरक्षित छापाखाना स्थापना गरी राहदानी, बकैं नोट, अन्तस्शुल्क धस्टकर, हुलाक टिकट,  जग्गाधनी प्रमाणपुर्जा , सार्वजनिक महत्त्वका कागजातहरूको सुरक्षण मुद्रण गर्न  काभ्रेपलाञ्चोक जिल्लामा पुर्वाधारहरुको निर्माण प्रारम्भ गरिने छ।

सरकारी सेवामा प्रयोग हुने  विद्युतीय सचूना र विवरण डिजास्टर रिकभरी केन्द्र मार्फत सुरक्षित गरिने छ।

विद्युतिय प्रणालीको विश्वसनियता तथा तथ्याङकको सदुपयोग र गोपनियतामा बिशेष ध्यान दिने र साईबर सुरक्षा जिखिम न्युनिकरण गर्न साईबर सुरक्षा प्रणाली सञ्चालनमा ल्याउने बताय।