ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजेस कोइरालाले वर्ल्ड कन्फेडेरेसन अफ बिजनेसबाट प्रतिष्ठित ‘बिजनेस एक्सिलेन्स सर्टिफिकेट’ प्राप्त गरेका छन् ।
ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालालाई वर्ल्ड कन्फेडेरेसन अफ बिजनेस, ह्युस्टन, टेक्सस, अमेरिकाले प्रतिष्ठित ‘बिजनेस एक्सिलेन्स सर्टिफिकेट’ बाट सम्मान गरेको हो ।
रेमिट्यान्स उद्योगमा २० वर्षभन्दा बढी काम गरेका कोइराला असल नेतृत्वको उत्कृष्ट नमुना पनि बनेका छन् । उनी म्यानेजमेन्ट एसोसिएसन अफ नेपालको म्यानेजर अफ द इयर २०२२ बाट पनि सम्मानित भएका थिए ।
वर्ल्ड कन्फेडेरेसन अफ बिजनेसले विश्वभरका विभिन्न संस्थाहरूको व्यावसायिक उत्कृष्टतालाई द बिज अवार्ड, सबैभन्दा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय व्यापार पुरस्कार प्रदान गरेको थियो ।
वर्ल्ड कन्फेडेरेसन अफ बिजनेस को मिशन विश्वव्यापी रूपमा व्यापार विकासलाई प्रवर्द्धन, बृद्धिलाई सहजीकरण र अग्रणी कम्पनीहरू र उद्यमीहरूको सफलतालाई मान्यता दिई, उनिहरुले प्रदान गर्ने सेवाहरू लाई विश्वभर चिनाउने एक मध्यम हो ।