कीवर्डहरू -

यार्सा टेकको अडिक्युआर डिभाइस सार्वजनिक, एक वर्षको वारेन्टीसँगै निःशुल्क मर्मतको पनि सुविधा

यार्सा टेकको अडिक्युआर डिभाइस सार्वजनिक, एक वर्षको वारेन्टीसँगै निःशुल्क मर्मतको पनि सुविधा

क्युआर भुक्तानीको जानकारी आवाजबाटै दिने गरी यार्सा टेकले अडिक्युआर डिभाइस सार्वजनिक गरेको छ। यार्सा टेकले पूर्ण रूपमा कस्टमाइज गर्न सकिने गरी सुविधायुक्त अडिक्युआर नेपालमै तयार पारेको हो ।

अडिक्युआर सजिलो, सुरक्षित र भरपर्दो रहेको यार्सा टेकले जानकारी दिएको छ । अब तपाईले क्युआर स्क्यान गरेर कसैलाई पैसा तिर्दा एसएमएस कुरिरहनु पर्ने छैन् । कारोबार भएको/नभएको जानकारी आवाजबाटै अडिक्युआरले दिनेछ ।

केही महिनाको अध्ययन अनुसन्धानपछि अडिक्युआर सार्वजनिक भएको हो । अडिक्युआर एउटा डिभाइस मात्र नभएर इन्नोभेसनको प्रतिक भएको कम्पनीको भनाइ छ ।

अडिक्युआरलाई आफ्नो ब्राण्डको इमेजसँग मिल्ने गरी कस्टमाइज समेत गर्न सकिने कम्पनीले जनाएको छ । यसमा आफूलाई आवश्यक फिचर अनुसार कस्टमाइज गर्न सकिने छ । अडिक्युआरलाई डेटा, वाईफाई वा हाइब्रिड कनेक्सनबाट चलाउन सकिने छ ।

अडिक्युआर एक वर्षसम्मको रिप्लेसमेन्ट वारेन्टीसहित आउने यार्सा टेकको भनाइ छ । यस बाहेक कम्पनीले दुई वर्षसम्मको निःशुल्क मर्मत पनि उपलब्ध गराउने छ भने ५ भन्दा बढी वर्षसम्म डिभाइस सफ्टवेयरका लागि सपोर्ट प्रदान गर्नेछ ।

यसमा रहेको डिभाइस म्यानेजमेन्ट सिस्टमले अडिक्युआर डिभाइसलाई व्यवस्थापन गर्न, व्यपारीहरुलाई अनबोर्ड गर्न र सेटिंग परिवर्तन गर्नका लागि प्रयोग गर्न सकिने छ । अडिक्युआरले मिनिमम अर्डर क्वान्टीटीको आधारमा वाइफाइ बेसिक, वाइफाइ पोर्टेबल, जिएसएम पोर्टेबल, हाइब्रिड पोर्टेबल प्लानहरु सार्वजनिक गरेको छ ।

प्लान अनुसार अडिक्युआरको मूल्य फरक फरक रहेको छ । अडिक्युआरको मूल्य भ्याट बाहेक २ हजारबाट सुरू हुन्छ । यसमा २२०० एमएएचको लाइआयन ब्याट्री प्रयोग गरिएको छ, जसले १२ भन्दा बढी घण्टासम्म डिभाइसलाई पावर गर्ने र हजारौँ कारोबार सपोर्ट गर्नेछ ।

यो पनि पढ्नुहोस्ः नेपालमै विद्युतीय सामग्री उत्पादन गर्दै यार्सा टेक