कीवर्डहरू -

ग्यालेक्सी एफ ३४ फाइभजी सार्वजनिक गर्दै सामसङ, के के छन् हुनेछन् सुविधा ?

ग्यालेक्सी एफ ३४ फाइभजी सार्वजनिक गर्दै सामसङ, के के छन् हुनेछन् सुविधा ?

इलेक्ट्रोनिक कम्पनी सामसङले चाँडै आफ्ना ग्राहकका लागि नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । सामसङ्को नयाँ स्मार्टफोनको नाम ग्यालेक्सी एफ ३४ फाइभजी हो ।

सामसङले यस नयाँ फोन ग्यालेक्सी एफ ३४ फाइभजी लन्च हुनुअघि नै यस डिभाइसका केही विशेषताहरू सार्वजनिक गरिसकेको छ । मूल्यको बारेमा केही संकेतहरू पनि प्राप्त भएका छन् ।

सामसङको ग्यालेक्सी एफ ३४ फाइभजीको लागि जारी गरिएको प्रोमोमा स्मार्टफोनको मूल्य करिब २६ हजार रुपैयाँ हुने बताइएको छ । यसबाहेक, फोन इलेक्ट्रिक ब्ल्याक र मिस्टिक ग्रीन कलरमा ल्याइएको छ । ग्यालेक्सी एफ ३४ फाइभजी अगस्ट ७ मा लन्च हुँदैछ ।

फोनमा ६.५ इन्च फुल एचडी प्लस सुपर एमोलेड डिस्प्ले, १२० हर्ट्ज रिफ्रेस रेट र १,००० निट्स पीक ब्राइटनेस रहेको छ । फोनमा कोर्निङ गोरिल्ला ग्लास ५ प्रोटेक्शन पनि दिइनेछ ।

ग्यालेक्सी एफ ३४ फाइभजी ६ जीबी + १२८ जीबी र ८ जीबी + १२८ जीबी भेरियन्टमा उपलब्ध हुनेछ । क्यामेरा सुविधाहरूको बारेमा कुरा गर्दा, ग्यालेक्सी एफ ३४ फाइभजी ५० मेगापिक्सेलको नो शेक क्यामेरा सुविधाको साथ ल्याइएको छ । फोनमा नाइटग्राफी र फोरके रिजोल्युसनमा भिडियो बनाउन सक्ने सुविधा रहेको छ ।

सामसङको नयाँ फोन ग्यालेक्सी एफ ३४ फाइभजी ६००० एमएएच ब्याट्री सहित ल्याइएको छ । ग्यालेक्सी एफ ३४ फाइभजीमा ११ फाइभजी ब्यान्ड र स्मार्ट हटस्पट सुविधा हुनेछ । उत्कृष्ट साउन्ड क्वालिटीका लागि फोनमा डल्बी एटमस फिचर ल्याइएको छ ।