कीवर्डहरू -

अब अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण

अब अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण

प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण अब अनलाइनबाटै हुने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणीकरणको सुरूवात गरेका हुन् ।

कन्सुलर सेवा विभागले वेबसाइटबाटै रिपोर्ट प्रमाणीकरणका लागि आवेदन तथा अनलाइन राजस्व भुक्तानीको व्यवस्था गरेको छ । यसअघि पुलिस रिपोर्टमा विभागको छाप र प्रमाणीकरण गर्ने अधिकारीको हस्ताक्षरसहितको पत्रका लागि त्रिपुरेश्वरस्थित विभागको कार्यलयमा जानुपर्ने बाध्यता थियो ।

विदेशमा रोजगारी तथा अध्ययन गर्न जानेले प्रमाणीकरणका लागि सास्ती व्यहोर्दै आएका थिए । अब घरमै बसेर अनलाइनबाट प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्न सकिने छ । यसले विदेशमा रोजगारी तथा अध्ययन गर्न जानेलाई सहज हुनेछ ।