कीवर्डहरू -

क्लोदिङ ब्राण्ड प्लस साइज नेपालको वेबसाइट सार्वजनिक, अब वेबसाइटबाटै अर्डर गर्न सकिने

क्लोदिङ ब्राण्ड प्लस साइज नेपालको वेबसाइट सार्वजनिक, अब वेबसाइटबाटै अर्डर गर्न सकिने

क्लोदिङ ब्राण्ड प्लस साइज नेपालको वेबसाइट सार्वजनिक भएको छ । प्लस साइज नेपालले इस्मल, मिडियम, लार्ज देखि एक्स एलसम्मको साइजमा हरेक डिजाइनका लुगाहरु बनाउँदै आएको छ ।

यसअघि सामाजिक सञ्जलबाट मात्रै प्लस साइज नेपालका लुगाहरू अर्डर गर्न सकिने व्यवस्था थियो । तर अब वेबसाइटबाट पनि सजिलै अनलाइन अर्डर गर्न सकिने छ ।

यसका साथै कम्पनीको प्लस साइज नेपालको मोबाइल एप समेत ल्याउँदै छ । अबको १ हप्तामा प्लस साइज नेपालको मोबाइल एप समेत सार्वजनिक हुने कम्पनीले जानकारी दिएको छ ।

एउटा स्टोरबाट सुरू भएको प्लस साइज नेपालले आफुलाई हाल डिजिटल दुनियाँमा विस्तार गर्दैछ । लुगाबाट सुरू गरेको प्लस साइज नेपालले आफ्नो दायरा ब्याग, चश्मा, कस्मेटिकमा समेत विस्तार गरेकोछ ।

सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामबाट प्लस साइज नेपालमा प्रति दिन २०० भन्दा धेरै अर्डरहरु आइरहेका छन भने पसलबाटै पनि राम्रो प्रतिक्रियासहितको व्यापार भइरहेको कम्पनीको दावी छ ।

५ वर्षक अघि सुरू भएको प्लस साइज नेपालले कपडा विदेश निर्यात समेत गर्न थालेको छ ।