कीवर्डहरू -

कसरी दिने आइसिटी अवार्ड २०२३ का लागि अनलाइन आवेदन ? यस्तो छ तरिका 

कसरी दिने आइसिटी अवार्ड २०२३ का लागि अनलाइन आवेदन ? यस्तो छ तरिका 

गत साउन १ गतेबाट सुरू भएको आठौं संस्करणको आइसिटी अवार्डमा आवेदन दिने समय केही दिन मात्र बाँकी छ । विभिन्न १३ विधामा साउन १२ गतेसम्म अवारडका लागि आवेदन दिन सकिने छ ।

सूचना प्रविधिको क्षेत्रमा लामो समयदेखि काम गरिरहनु भएको छ वा सूचना प्रविधि सम्बन्धि कुनै स्टार्टअप, प्रडक्ट वा प्रोजेक्ट छन् भने आइसिटी अवार्ड एउटा राम्रो प्लेटफर्म हुन सक्ने छ ।

सन् २०१६ बाट सुरु भएको आइसिटी अवार्ड हरेक वर्ष परिस्कृत र विस्तारित रुपमा आयोजना हुँदै आइरहेको छ । यी बाहेक यसवर्ष स्टार्टअप तथा इन्नोभेसन अन्तगर्त स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार एण्ड इन्नोभेसन आइसिटी अवार्ड २०२३ विधाहरु रहेका छन् ।

व्यक्तिगत योगदानको आधारमा प्रदान गरिने अवार्डहरुमा, प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड, पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर्स आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड र नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२३ को लागि पनि नोमिनेसन खुल्ला गरिएको छ ।

संस्थागत विधाहरूतर्फ डिजिटल एजुकेशन आइसिटी अवार्ड(पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड(प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२३ विधाहरु रहेका छन ।

यसैगरी साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड र सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान गर्ने गरी प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसनको पनि नोमिनेसन खुल्ला गरिएको छ ।

कसरी दिने अनलाइन आवेदन ?

आइसिटी अवार्ड २०२३ मा आवेदन दिन सुरूमा यहाँ क्लिक गर्नुहोस् वा ictaward.org मा जानुहोस् । त्यसपछि रजिष्टरमा जानुहोस् । रजिष्टरमा गएर नाम, ठेगाना, इमेल, फोन नम्बर र पासवर्ड राखेर रजिष्टरमा क्लिक गर्नुहोस् । रजिष्टर भएपछि लगइनमा क्लिक गरी इमेल र पासवर्ड राख्नुहोस् र अगाडि बढ्नुहोस् । य

ति गरेपछि त्यहाँ आइसिटी अवार्डका १३ विधाहरू देख्न सक्नुहुनेछ । अनि आफुलाई उपयुक्त लागेको विधा छनौट गरी आवेदन दिन सकिने छ । यही प्रक्रिया अनुसार आफुलाई थाहा भएका सूचना प्रविधि सम्बन्धि स्टार्टअप, प्रडक्ट, प्रोजेक्ट, व्यक्ति वा संस्थाको आवेदन समेत भरिदिन सक्नुहुनेछ ।

कुन विधामा कसले दिने आवेदन ?

१. स्टार्टअप आइसिटी अवार्ड

आइटी प्रडक्ट, सर्भिस तथा इन्नोभेसन क्षेत्रमा काम गरिरहेका कम्पनीहरूलाइ प्रवद्र्धन र प्रोत्साहन गर्ने यो अवार्डमा सहभागी हुन नेपालको प्रचलित कानून अनुसार कम्पनी दर्ता भएर सञ्चालनमा रहेको हुनुपर्नेछ । यस विधामा विगत ४ वर्षको अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्नेछन् ।

२. प्रडक्ट आइसिटी अवार्ड

आइसिटी प्रडक्ट अवार्डमा कुनै नेपाली कम्पनी, संस्था, समूह  वा व्यक्तिले विकास गरेको आइटी तथा इन्नोभेटिभ प्रडक्टलाई नोमिनेशन दर्ता गराउन सकिनेछ । वि.स २०७९ सालमा सार्वजनिक भएका आइटी प्रडक्टहरूलाई लिएर यस विधामा नोमिनेशन दर्ता गर्न सकिन्छ ।

३. राइजिङ स्टार एण्ड इन्नोभेसन आइसिटी अवार्ड

राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्डमा कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरू तथा ३० वर्ष मुनिका युवाहरुको इन्डस्ट्री प्रोजेक्ट रिसर्च, आइडिया, इन्नोभेसन तथा प्रडक्टहरूलाई लिएर नोमिनेशन दर्ता गर्न सकिनेछ ।

४. प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड

यस वर्ष थप भएको प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड विधामा आइसिटी क्षेत्रसँग सम्वन्धित रहेर कम्तिमा ५ वर्षको अनुभवसँगै यस क्षेत्रमा पुर्याएको महत्वपुर्ण योगदान, विशेष कामको आधारमा आइसिटी प्रोफेसनलहरुले नोमिनेशन दर्ता गर्न सक्नेछन ।

५. पायोनियर आइसिटी अवार्ड

यो अवाडर्, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विशिष्ट योगदान दिएका अग्रज व्यक्तिलाइ प्रदान गरिन्छ । यस विधामा नोमिनेशन दर्ता गर्न यस क्षेत्रमा कम्तिमा १५ वर्षको अनुभव आवश्यक पर्दछ ।

६. नेपाली डायस्पोरा आइसिटी अवार्ड

नेपाली मूलका व्यक्ति, जो विदेशमा बसेर पनि आइसिटीको माध्यमबाट देश र यस क्षेत्रमा पुर्याएको योगदानको आधारमा यस विधामा नोमिनेशन दर्ता गर्न सकिनेछ ।

७. आन्टरप्रेनर आइसिटी अवार्ड

आन्टरप्रेनर आइसिटी अवाडर्, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील नेपाली उद्यमीलाई दिइनेछ । नोमिनेशनको लागि आइसिटी उद्यमीको रुपमा कम्तिमा ७ वर्षको अनुभव आवश्यक रहेको छ ।

८. वुमन आइकन आइसिटी अवार्ड

वुमन आइकन आइसिटी अवार्ड, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील नेपाली महिलाहरूका लागि लक्षित छ । यस विधामा उद्यमी, नेतृत्वकर्ता, प्रोफेसनल तथा आइसिटीको क्षेत्रमा उदाहरणिय काम गर्नुभएको महिलाहरुले नोमिनेसन दर्ता गर्न सक्नुहुनेछ ।

९. डिजिटल एजुकेशन आइसिटी अवार्ड (पल्लिक सेक्टर)

डिजिटल एजुकेशन आइसिटी अवार्ड, आइसिटीको प्रयोगमार्फत शिक्षा क्षेत्रलाई आधुनिक तथा प्रविधिमैत्री बनाउदै शिक्षण सिकाई तथा व्यवस्थापनमा उदाहरणिय काम गरेका सरकारी तथा सामुदायिक शैक्षिक संस्थाहरुले नोमिनेशन दर्ता गर्न सक्नेछन ।

१०. डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइवेट सेक्टर)

डिजिटल एजुकेशन आइसिटी अवार्ड आइसिटीको प्रयोगमार्फत शिक्षा क्षेत्रलाई आधुनिक तथा प्रविधिमैत्री बनाउदै शिक्षण सिकाई तथा व्यवस्थापनमा उदाहरणिय काम गरेका नीजि शैक्षिक संस्थाहरुले नोमिनेशन दर्ता गर्न सक्नेछन्।

११. डिजिटल गभर्नेन्स आइसिटी अवार्ड

यस विधामा सरकारी सेवा तथा सुविधालाई डिजिटलिकरण गर्र्दै नागरिकलाई सहज, सरल किसिमले प्रविधिमैत्री सेवा दिन प्रयासरत सरकारी सस्था, निकाय, विभाग वा पालिकाहरूले नोमिनेशन दर्ता गर्न सक्नेछन्।

१२. डिजिटल सर्भिसेस आइसिटी अवार्ड

यस विधामा निजी क्षेत्रका संस्था, लिमिटेड वा सर्वसाधारणलाई डिजिटल तथा अनलाइन मार्फत सेवा दिइरहेका कम्पनीहरूले नोमिनेशन दर्ता गर्न सक्नेछन् । यस विधामा आइटी तथा सफ्टवेयर कम्पनीहरू बाहेक अन्य सेवामूलक निजी क्षेत्रका कम्पनीहरूले सहभागिता जनाउन सक्नेछन्।

१३. साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड

यस विधामा दक्षिण एसियाली देशहरु भारत, बंगलादेश, पाकिस्तान, श्रिलंका, मालदिभ्श, भुटान, अफगानिस्तान र नेपालका स्टार्टअपहरुले सहभागिता जनाउन सक्नेछन । ५ वर्षसम्मका स्टार्टअपहरुले यस विधामा नोमिनेशन दर्ता गर्न सक्नेछन् ।

यसका साथै आइसिटी अवार्डले सातै प्रदेशका स्टार्टअपलाई समेत सम्मान गर्दैछ । सातै प्रदेशका स्टार्टअप लगायत अन्यले माथिकै प्रक्रिया अनुसार आइसिटी अवार्डमा नोमिनेस दर्ता गराउन सक्ने छन् ।

\"\"