वानप्लस एस २ प्रोको लन्च मिति सार्वजनिक भएको छ । वानप्लस एस २ प्रो अगस्ट १६ मा चीनमा सार्वजनिक हुँदैछ । यसका साथै कम्पनीले स्मार्टफोनको स्पेसिफिकेशन पनि सार्वजनिक गरेको छ ।
आधिकारिक अनलाइन स्टोरमार्फत वानप्लस एस २ प्रोको लागि प्रि–अर्डर हुन थालेको छ । यो स्नापड्रागन एट जेन २ एसओसी प्रोसेसर र २४ जीबी र्याममा चल्ने कम्पनीले जनाएको छ ।
वानप्लस एस २ प्रो ६.७ इन्चको ओएलइडी डिस्प्लेको साथ आउने छ । डिस्प्ले १.५ के स्क्रिन रिजोलुसन र १२० हर्ज रिफ्रेस रेटको साथ सार्वजनिक गरिने अनुमान गरिएको छ । फोनमा ट्रिपल क्यामेरा सेटअपको साथ वानप्लस एस २ प्रो सार्वजनिक हुने जनाइएको छ ।
फोनमा ५० मेगापिक्सेल प्राइमरी क्यामेरा हुनेछ । यसबाहेक फोनमा ४८ मेगापिक्सेल अल्ट्रावाइड र ३२ मेगापिक्सेल टेलिफोटो क्यामेरा पाउन सकिने छ । सेल्फी क्लिक गर्नका लागि फोनमा ३२ मेगापिक्सेल क्यामेरा पाउन सकिने छ ।
वानप्लस एस २ प्रोमा ५५०० एमएएच ब्याट्री हुनेछ । यसबाहेक फोन १५० वाट फास्ट चार्जिङ सपोर्ट हुनेछ । यो अलर्ट स्लाइडर र इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सरको साथ आउने अपेक्षा गरिएको छ । स्मार्टफोन टेल र ग्रे रङमा आउनेछ ।
वानप्लस एस २ प्रो एरोस्पेस–ग्रेड थ्री–आयामिक कुलिङ सिस्टम भएको विश्वको पहिलो स्मार्टफोन हुनेछ । यसमा डुअल स्टेरियो स्पिकर, इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर, अलर्ट स्लाइडर जस्ता सुविधाहरू उपलब्ध हुनेछन् ।