कीवर्डहरू -

ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को प्रि-अर्डर सुरू

ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को प्रि-अर्डर सुरू

ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को प्रि-अर्डर नेपालमा खुला भएको छ । सामसङको आधिकारिक स्टोरमा गएर यी फोन प्रि-बुकिङ गर्न सकिने छ ।प्रयोगकर्ताहरुले स्लीक र कम्प्याक्ट डिजाइन, अनगिन्ती अप्सन्स र शक्तिशाली पर्फरमेन्सका साथ उत्कृष्ट अनुभव पाउने सामसङको दावी छ ।

ग्यालेक्सी जेड फ्लिप फाइभले सेल्फ एक्सप्रेसनको लागि निर्मित कुनै पकेट साइजको उपकरण मध्येबाट स्टाइलिस, उत्कृष्ट फोल्डबल अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

ग्यालेक्सी जेड फ्लिप ५ मिन्ट लाभेण्डर र कालो तीन रङ्गहरुमा उपलब्ध छ । यसमा ८ जीबी र्‍याम र २५६ जीबी रहेको छ । यसको मूल्य १ लाख ३९ हजार ९९९ रूपैयाँ तोकिएको छ ।

ग्राहकहरुले प्रि-अर्डरमा २ वटा गिफ्ट २४ इन्चको सामसङ मोनिटर वा सामसङ ए ७ लाइट एलटिइ(३ प्लस ३२ जीबी) मध्ये कुनै एक रोज्न सक्नेछन्, जसमध्ये २४ इन्चको सामसङ मोनिटरको लागि ५ हजार रूपैयाँ र सामसङ ए ७ लाइट एलटिइको लागि २ हजार रूपैयाँ अतिरिक्त व्यहोर्नु पर्नेछ ।

त्यस्तै अर्कौ फोन जेड फोल्ड ५ मा ग्यालेक्सी जेड सिरिजमा सबैभन्दा शक्तिशाली पर्फरमेन्स प्रदान गर्ने कम्पनीले जनाएको छ । ग्यालेक्सी जेड फोल्ड ५ कालो र लाईट ब्लु रङ्गमा उपलब्ध छ । ग्यालेक्सी जेड फोल्ड ५ र १२ जीबी र्‍यामसहित २५६ जीबी र ५१२ जिभी आन्तरिक स्टोरेजमा उपलब्ध छ ।

ग्यालेक्सी जेड फोल्ड ५ (१२ जीबी र्‍याम २५६ जीबी स्टोरेज) को मुल्य २ लाख २६ हजार ९९९ रूपैयाँ र ग्यालेक्सी जेड फोल्ड ५ (१२ जीबी र्‍याम ५१२ जीबी स्टोरेज) को मुल्य २ लाख ३९ हजार ९९९ रूपैयाँ कायम गरिएको छ ।

यसका साथै १२ जीबी र्‍याम ५१२ जीबी स्टोरेज ग्यालेक्सी जेड फोल्ड ५ को प्रि-अर्डरमा ग्राहकहरुले फोन कभरसंगै प्रि मेमोरी अपग्रेड गर्न पाउनेछन् वा ३ हजार थपेर २४ इन्चको सामसङ मोनिटर वा ४० हजार थपेर ४७ एमएमको ग्यालेकसी वाच ६ क्लासिक प्राप्त गर्न सक्नेछन् ।

समग्रमा ग्राहकहरुले प्रि-अर्डर मार्फत् बढीमा २५ हजारसम्मको लाभ लिन सक्ने सामसङले जनाएको छ । साथसाथै नयाँ ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ मा स्तरोन्ति गर्न वा किन्नका लागि इन्स्टा फाइनान्स सुविधा पनि प्रयोग गर्न सकिने छ ।

न्यूनतम इएमआइ प्रति महिना ७ हजार रूपैयाँका दरले शुन्य प्रतिशत ब्याजमा सुरू हुनेछ । ग्राहकहरुले एक वर्षभित्र एकपटक ब्रेकेज इन्सुरेन्सको साथ एकपटक प्रोटेक्टिभ फिल्म पनि प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले एक्स्चेन्ज सुविधाको पनि लाभ उठाउन सक्नेछन् । दुबै फोनमा ५ वर्षको सुरक्षा अद्यावधिक र ४ वर्षको ओएस स्तरोन्नतिको सुविधा उपलब्ध हुनेछ ।