कीवर्डहरू -

नेपालमै बनेको ‘निजी पावर’ र ‘जुनकिरी’ सार्वजनिक, के के छन् सुविधा ?

नेपालमै बनेको ‘निजी पावर’ र ‘जुनकिरी’ सार्वजनिक, के के छन् सुविधा ?

यार्सा टेकले दुई ओटा प्रडक्टहरु सार्वजनिक गरेको छ । यार्सा टेकले नेपालमै बनाएका २ वटा प्रडक्ट निजी पावर र जुनकिरी सार्वजनिक गरेको हो ।

बजारमा भरपर्दाे र स्वदेशी प्रडक्टको कमी देखेर यार्सा टेकले पावर बैंकको रूपमा प्रयोग गर्न सकिने निजी पावर र आफै बत्ती अन र अफ गर्न सक्ने प्रविधि जुनकिरी सार्वजनिक गरेको जनाएको छ ।

निजी पावरलाई पावर बैंकको रुपमा पनि प्रयोग गर्न सकिन्छ । निजी पावर पोर्टेबल भएको कारणले यसलाई आफूलाई सहज हुने गरी जता पनि लैजान मिल्ने कम्पनीको भनाइ छ । पावर बैंकमा ८ हजार ८०० एमएएच क्षमताको ब्याट्री राखिएको छ ।

१२ भोल्टको इन्पुट भोल्टेज रहेको निजी पावरमा १२ भोल्ट डिसी र ५ भोल्ट यूएसबी आउटपुट भोल्टेज रहेको छ । ब्याट्रीले ६ देखि ८ घण्टासम्म काम गर्ने गर्दछ । प्रयोगकर्ताहरुलाई चलाउन सहज पार्नका लागि कम्पनीले साधारण तथा आकर्षक डिजाइन प्रयोग गरेको बताएको छ ।

यसमा एउटा एलइडी लाइट, झुण्डाउनलाई सहज हुने माउण्ट स्टयाण्ड र सँगै लैजान पनि सहज पर्ने पोर्टेबल ह्यांगर समेत राखिएको छ । प्रडक्टलाई भरपर्दाे र टिकाउ बनाउनका लागि हाइ ग्रेड प्लास्टिकको प्रयोग गरेको कम्पनीको दावी छ । नेपाली बजारलाई लक्षित गर्दै बनाइएको प्रडक्ट भएकाले यसमा नेपालमा हुने हाइ भोल्टेज र सर्ट सर्किटको समयमा पनि काम गर्न सक्ने क्षमता राख्ने कम्पनीले जनाएको छ ।

इन्टलीजेन्ट चार्जिंग र ब्याट्री म्यानेजमेन्ट प्रणाली प्रयोग गरिएको हुँदा यसले बत्ती जाँदा पनि पावर सप्लाई दिने गर्दछ र बत्ती आएपछि त्यसलाई सेभ गरेर चार्ज गरिरहेको हुन्छ । यस इन्भटरमा १२ भोल्ट तथा ५ भोल्टको सिडभाइसहरु जडान गरिनुकासाथै मोबाइल चार्ज गर्न दिनका लागि चार्जिङ्ग पोर्ट पनि राखिएको छ ।

यो प्रडक्टले वर्षाैँसम्म काम दिने कम्पनीको दावी छ । निजी पावरका लागि यार्सा टेकले एक वर्षको वारेन्टी प्रदान गरेको छ । म्यानुफयारक्चरिङ डिफेक्ट भएको पाइएमा प्रडक्टलाई कम्पनीले प्रतिसथापन पनि गर्नेछ । निजी पावरको मूल्य ३ हजार रुपैयाँ तोकिएको छ । निजी पावर सप डट यार्सा डट टेकबाट खरिद गर्न सकिने छ ।

यस्तै जुनकिरीको कुरा गर्दा यस प्रविधिले राती अँध्यारो हुँदा बत्ती बाल्ने र बिहान उज्यालो हुँदा बत्ती निभाउने गर्न सक्छ । यसलाई आउट डोर लाइटका लागि बढि प्रयोग गर्न सकिने यार्सा टेकले जानकारी दिएको छ ।

१५०० वाटसम्मको लोड धान्न सक्ने गरी जुनकिरीको डिजाइन गरिएको छ । प्रडक्टको रिस्पोन्स टाइम वा प्रतिक्रिया समय ३ सेकेण्डको रहेको यार्सा टेकले बताएको छ । जुनकिरी वाटर प्रुफ, डस्ट प्रुफ, धूलो प्रतिरोधात्मक रहेको साथै आइपी ६७ रेटिङ बराबरको क्षमता बोकेको छ । जुनकिरीलाई सहजै जडान गर्न सकिने छ ।