कीवर्डहरू -

एफडी मोटर्सको नयाँ शोरूम अब इटहरीमा

एफडी मोटर्सको नयाँ शोरूम अब इटहरीमा

एफडी मोटर्सको नयाँ शोरूम इटहरीमा खुलेको छ । ग्रन्थ ईभीले एफडी मोटर्सको नयाँ शोरूम इटहरीमा पनि खोलेको हो ।

कम्पनीले केही समय अगाडि साइड ड्राइभ मोटर, यल यफ पी व्याट्री, क्यान बस कन्ट्रोलर, ब्रेक रिजेनेरेशन, १६ इन्च अगाडि र १४ इन्च पछाडिको टायर सुविधा भएको एफडी ब्राण्ड २ मोडेलका विद्युतीय स्कुटर सार्वजनिक गरेको थियो ।

उक्त स्कुटर ग्रन्थ ईभीले डिजाइनमा गरेको हो । अबको केही समयमै कम्पनीले नेपालमै विद्युतीय स्कुटर एसेम्बल गर्ने तयारी गरेको छ । यसका साथै नेपालमा उत्पादन हुन सक्ने सामग्रीहरू प्रयोग गर्ने कम्पनीको तयारी छ । त्यसका लागि ग्रन्थ ईभीले राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गरेको छ ।

कम्पनीको एफ फाइभ मोडेलको मूल्य २ लाख ४८ हजार ९९९ रूपैयाँ तोकिएको छ भने एफ फाइभ एको मूल्य २ लाख ८९ हजार ९९९ रूपैयाँ तोकिएको छ । यसका साथै एफडी स्कुटर खरिद गर्दा कुमारी बैंकले किस्ताको सुविदा समेत दिनेछ ।