कीवर्डहरू -

ढुवानीका क्रममा नेपाल टेलिकमका २० हजार थान रिचार्ज कार्ड हराए

ढुवानीका क्रममा नेपाल टेलिकमका २० हजार थान रिचार्ज कार्ड हराए

नेपाल टेलिकमका ५० रूपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हराएका छन् । बुधबार एक सूचना जारी गर्दै टेलिकमले ढुवानीका क्रममा ५० रूपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हराएको जानकारी दिएको हो ।

सि.नं. ११२२१२००१२७८०००१ देखि ११२२१२००१३८०००० सम्मका ‘नमस्ते’ ब्रान्डको रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको टेलिकमको भनाइ छ ।

यदी उक्त सिरियल नं. भएका रिचार्ज कार्डहरू खरिद तथा बिक्री वितरण नगर्नुहुन सम्पूर्ण ग्राहक तथा वितरकहरूमा नेपाल टेलिकमले अनुरोध गरेको छ ।