कीवर्डहरू -

अब मासिक १०० रूपैयाँमै डिशहोम हेर्न पाइने

अब मासिक १०० रूपैयाँमै डिशहोम हेर्न पाइने

डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकहरुको लागि सुलभ मुल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको छ ।

अब डिशहोमको नयाँ तथा पुरानो ग्राहकले मासिक मात्र १०० रूपैयाँ डिशहोमको टिभी हेर्न पाउने छन् । डिशहोम फाईबरनेटको नयाँ जडानमा डिशहोम टिभीको कनेक्सन गरि यो अफरको लाभ उठाउन सकिनेछ ।

यस्तै यो अफरको लाभ पहिलेदेखि डिशहोम टिभी मात्र प्रयोग गरि रहेका ग्राहकले फाईबर नेटको कनेक्सन लिएर लिन सक्ने छन् ।

कम्पनीले ल्याएको यो अफरमा उच्च गतिको इन्टरनेट संगै ६० भन्दा बढी एचडी च्यानलसहित २०० भन्दा माथि उच्च पिक्चर क्वलिटीको टिभी सुलभ मुल्यमा ग्राहकहरुले हेर्न सक्ने छन् । यो अफरको बारेमा थप जानकारी चाहिएमा ०१ ५९७०३६५ मा संम्पर्क गरि जानकारी प्राप्त गर्न सकिन्छ ।