कीवर्डहरू -

‘इन्साइड इन्टर्नसीपः एक्सप्लोरिङ अपरचुनिटिज एण्ड प्रोसेस इन नेपाल’ विषयमा वेबिनार हुँदै

‘इन्साइड इन्टर्नसीपः एक्सप्लोरिङ अपरचुनिटिज एण्ड प्रोसेस इन नेपाल’ विषयमा वेबिनार हुँदै

आइटेक डट कर्णालीले इन्साइड इन्टर्नशीप : एक्सप्लोरिङ अपरचुनिटिज एण्ड प्रोसेस इन नेपाल विषयमा वेबिनार आयोजना गर्ने भएको छ । साउन २७ गते शनिबार आइटेक डट कर्णाली साँझ ४ देखि ५ः३० बजेसम्म सञ्चालन हुनेछ । वेबिनारमा सहभागी हुन यहाँ क्लिक गर्नुहोस् ।

सूचना प्रविधि अध्ययन गरिरहेका विद्यार्थीलाई प्रविधिको क्षेत्रमा राम्रो काम तथा इन्टर्नशीप प्राप्त गर्नलाई सघाउने उद्देश्य अनुसार वेबिनार हुँदैछ । वेबिनार सँगसँगै साउन २७ गते नै आइटेक डट कर्णालीको औपचारिक सुरूवात समेत हुनेछ ।

वेबिनारमा इन्टर्नशीपको महत्व, नेपालमा इन्टर्नशीप संस्कृतिको विकास र इन्टर्नशीप अवसरहरुको खोजी बारे छलफल गरिने आईटेक कर्णालीका संस्थापक तथा संयोजक उपेन्द्र न्यौपानेले जानकारी दिए । यस्तै नेटवर्किंगको फाइदाको बारेमा पनि वेबिनारमा छलफल हुनेछ ।

कर्णाली प्रदेश लगायत अन्य क्षेत्रमा सूचना प्रविधिका विभिन्न कार्यक्रम गर्न, डिजिटल साक्षरता र सीप विकास गर्न आईटेक डट कर्णालीले काम गर्नेछ ।