कीवर्डहरू -

नेपाल टेलिकमले भन्योः हराएका रिचार्ड कार्ड सिस्टममा एक्टिभेट छैनन्, रिचार्ज गर्न सकिदैन्

नेपाल टेलिकमले भन्योः हराएका रिचार्ड कार्ड सिस्टममा एक्टिभेट छैनन्, रिचार्ज गर्न सकिदैन्

नेपाल टेलिकमले हराएका रिचार्ड कार्डबाट रिचार्ज गर्न नसकिने बताएको छ । बुधबार एक सूचना जारी गर्दै टेलिकमले सिरियल नम्बर 1122120013780001 देखि 1122120013800000 सम्मका कार्डबाट रिचार्ज गर्न नसकिने स्पष्ट पारेको हो ।

५० रूपैयाँ दरको सिरियल नम्बर 1122120013780001 देखि 1122120013800000 सम्मका कार्डहरु कम्पनीको सिस्टममा एक्टिभेट नभएकाले रिचार्ज गर्न नसकिने टेलिकमले जानकारी दिएको छ ।

उक्त रिचार्ज कार्डहरु पाइएमा खरिद तथा बिक्री वितरण नगर्न तथा नगराउन टेलिकमले सबै ग्राहक तथा वितरकहरुमा जानकारीका लागि अनुरोध गरेको छ । यदि कतै भेटिएमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाइदिनु हुन समेत टेलिकमले आग्रह गरेको छ ।