कीवर्डहरू -

ओहो केकको ब्रान्ड एम्बेसडरमा ललित राजवंशी

ओहो केकको ब्रान्ड एम्बेसडरमा ललित राजवंशी

स्टार्ट अप उद्यमको रूपमा स्थापना भई केक उत्पादनको क्षेत्रमा व्यावसायिक हिसाबले अगाडि बढिरहेको ओहो केकको ब्रान्ड एम्बेसडरमा क्रिकेट राष्ट्रिय टिमका स्पिनर ललित नारायण राजवंशी आबद्ध भएका छन् ।

सोमबार ओहो केक र ललित नारायण राजवंशी बिच भएको सहमति अनुसार दुवैले विभिन्न प्लेटफर्ममा एक अर्कालाई इन्डोर्स गर्नेछन् । नेपाली राष्ट्रिय क्रिकेट टिमको भरपर्दो बायाँ हाते बलर मानिने राजवंशी २०१८ देखि राष्ट्रिय टिममा आबद्ध छन् ।

सोमबार भएको एक कार्यक्रममा दुवै पक्ष बिच सम्झौता भएको हो, उक्त कार्यक्रममा ओहो केकका संस्थापक दिब्येश गिरिले नेपाली राष्ट्रिय टिमका महत्त्वपूर्ण सदस्य ललितलाई ओहो केक सङ्ग आबद्ध गर्दा आफूहरूमा उत्साह बढेको बताए ।

उक्त कार्यक्रमको दौरान ललितले केकको क्षेत्रमा व्यावसायिक हिसाबले अगाडि आइरहेको ओहो केक सङ्ग काम गर्दा खुसी लागेको बताएका छन् ।