कीवर्डहरू -

क्लासिक टेक, सुबिसु, ब्रोडलिंक, मर्कन्टाइलसहित ४८ इन्टरनेट कम्पनीले बुझाएनन् सरकारलाई राजस्व 

क्लासिक टेक, सुबिसु, ब्रोडलिंक, मर्कन्टाइलसहित ४८ इन्टरनेट कम्पनीले बुझाएनन् सरकारलाई राजस्व 

नेपाल दुरसञ्चार प्राधिरणले रोयल्टी नबुझाएका ४८ कम्पनीलाई बुझाउन अनुरोध गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष वापतको रकम नबुझाउने क्लासिक टेक, सुबिसु, ब्रोडलिङ्क, मर्कन्टाइलसहित ४८ ओटा इन्टरनेट सेवा प्रदायकले २०७८/०७९ मा बुझाउनु पर्ने कूल आम्दानीको छ प्रतिशत कर नबुझाएपछि बुझाउन आग्रह गरेको हो ।

प्राधिकरणले भनेको छ, “प्राधिकरणबाट पटक पटक ताकेता गर्दा समेत हालसम्ममा दाखिला गरेको नपाइएको हुँदा नियमानुसार नेपाल सरकार तथा प्राधिकरणलाई बुझाउनु पर्ने बक्यौता रकम यही २०७८ साउन मसान्तभित्र सेवा प्रदायकको नाम र आर्थिक वर्ष समेत स्पष्ट खुल्ने गरी तोकिएको बैंक खातामा थप दस्तुर सहित दाखिला गरी सोको सक्कलै भौचर संलग्न गरी पेस गर्नु हुन जानकारी गराइन्छ । ”

दूरसञ्चार ऐन २०५३ अनुसार नियामक प्राधिकरणबाट अनुमति पत्र प्राप्त दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकले त्यस्तो सेवा सञ्चालन गरे वापत हरेक वर्षको आफ्नो कूल आम्दानीको चार प्रतिशत रोयल्टी र दुई प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोष बापतको रकम सरकारी खातामा जम्मा गर्नु पर्ने हुन्छ । यसका लागि हरेक आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र उक्त रकम दाखिला गर्नुपर्ने हुन्छ ।

तर, २०७८/०७९ को रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष बापतको रकम पुस २०७९ मा बुझाइसक्नु पर्ने अन्तिम म्याद रहेको भए पनि विभिन्न इन्टरनेट सेवा प्रदायकले हालसम्म नबुझाएको प्राधिकरणको भनाई छ ।

निर्धारित समयभित्र रकम दाखिला नगरेको खण्डमा नियमानुसार हदैसम्मको कारबाही अगाडि बढाइने ब्यहोरा समेत प्राधिकरणको सूचनामा भनिएको छ ।

\"\"