कीवर्डहरू -

शनिबार नारायणगढमा आइसिटी स्टार्टअप मेला तथा कन्फ्रेन्स आयोजना हुँदै 

शनिबार नारायणगढमा आइसिटी स्टार्टअप मेला तथा कन्फ्रेन्स आयोजना हुँदै 

चितवन । लिभिङ विथ आइसिटीको आयोजनामा शनिबार नारायाणगढ चितवनमा फ्युज मेसिन आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला २०१९ इन एसोसिएसन के सेभेन सेक्युरिटी हुँदैछ । उद्योग वाणिज्य सभाहलमा हुने कार्यक्रममा स्थानीयस्तरका सफ्टवेयर तथा आइटी कम्पनीहरुका प्रडक्टहरु प्रदर्शनमा रहनेछन् । यसैगरी कार्यक्रममा विभिन्न सेसनमा आइसिटी कन्फ्रेन्स समेत सञ्चालन हुनेछ ।

बिराटनगर र बुटवलपछि नारायणगढमा आयोजना हुन लागेको कार्यक्रममा स्थानीयस्तरमा विकास भएका सफ्टवेयर, एप्लिकेशन तथा इन्नोभेटिभ आइटी प्रोजेक्ट्सहरु प्रदर्शनमा रहनेछन् । नयाँ आइडिया र इन्नोभेसनमा काम गरिहेका व्यत्ति र विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने उदेश्यले यस कार्यक्रमको आयोजना गरिएको आयोजक समितिका संयोजक राजन लम्सालले बताए ।

आइसिटी अवार्ड २०१९ को प्रि इभेन्ट क्याम्पियनको रुपमा बिराटनगर, बुटवल र नारायणगढमा यस प्रकारको कार्यक्रम आयोजना भएको जनाइएको छ । आइसिटी अवार्ड २०१९ को अनलाइन नोमिनेशन खुला भइसकेको छ, जसमा आवेदनको लागि जेष्ठ २५ गतेको समयावधि रहेको छ । लिभिङ विथ आइसिटीले प्रविधि क्षेत्रको देशकै प्रतिष्ठित र ठूलो अवार्डको रुपमा हरेक वर्ष ‘आइसिटी अवार्ड’ आयोजना गर्दै आइरहेको छ । चौथो संस्करणको आइसिटी अवार्ड साउन ३२ गते काठमाडौमा हुनेछ ।

स्थानीयस्तरमा आइटीमा केही गर्ने सोच बनाएर काम गरिरहेका युवाहरुलाई प्रोत्साहन गर्दै इन्नोभेसन र उद्यमशीलतालाई अगाडि बढाउने उद्धेश्यले कार्यक्रमको आयोजना भइरहेको हो । यस स्टार्टअप मेलामा सूचना प्रविधि क्षेत्रका सफ्टवेयर, एप्लिकेशन, सर्भिस, इन्नोभेसन र आइटी शिक्षाका ३० बढि स्टलहरु रहने छन् । कार्यक्रममा प्रदर्शनी अवलोकनको लागि कुनै शुल्क वा टिकट लाग्ने छैन ।

उद्यमशीलता र इमर्जिङ टेक्नोलोजिजमा आइसिटी कन्फ्रेन्स
स्टार्टअप मेलाको अवसरमा एक दिने कन्फ्रेन्सको आयोजना हुने छ । शनिवार उद्योग वाणिज्य सभाहलमा आयोजना हुने कन्फ्रेन्समा इमर्जिङ टेक्नोलोजिज विषयमा विभिन्न विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । कन्फ्रेन्सको पहिलो सेसन स्थानीयस्तरमा उद्यमशीलता र आइटी करियरका विषयमा ३ जना विज्ञहरुको कार्यपत्र प्रस्तुतिकरण र प्यानल डिस्कसन सञ्चालन हुनेछ भने दोश्रो सेसनमा इमर्जिङ टेक्नोलोजिज (एआई, क्लाउड कम्प्युटिङ र साइबर सेक्युरिटी) आदिको बारेमा विज्ञहरुको कार्यपत्र प्रस्तुति र छलफल कार्यक्रम रहनेछ । कन्फ्रेन्समा वक्ता काठमाडौबाट ६ जना विज्ञहरु चितवन आएका छन् ।