कीवर्डहरू -

‘बेन्को भी ९१’ नेपाली बजारमा, कति पर्छ मूल्य ? 

‘बेन्को भी ९१’ नेपाली बजारमा, कति पर्छ मूल्य ? 

बेन्कोको भी ९१ मोडेल नेपाली बजारमा सार्वजनिक भएको छ । थोरै बजेटमा राम्रो स्टोरेज र र्याम खोज्ने प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले बुधबार उक्त फोन सार्वजनिक गरेको हो ।

कस्तो छ फिचर ?

यो फोनमा ६.५६ इन्च एचडी प्लस वाटर ड्रप डिस्प्ले छ । ९०.१४ प्रतिशत स्क्रिन टु बडी रेसियो भएको यो फोनको एस्पेक्ट रेसियो २०ः९ रहेको छ भने एन्ड्रोइड १३ मा आधारित फोनमा युनिसक टी ६०६ चिपसेट राखिएको छ ।

क्यामेराको सन्दर्भमा यस फोनमा तीन ओटा ब्याक क्यामेरा छन्, जसमा १३ मेगापिक्सेलको मुख्य क्यामेरा, २ मेगापिक्सेलको म्याक्रो क्यामेरा र एउटा एआई क्यामेरा दिइएको छ ।

यसले १०८० पिक्सेल ३० एफपीएसमा भिडिओ खिच्ने कम्पनीले जनाएको छ । यो फोनमा ८ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ । पाँच हजार एमएएएच क्षमताको ब्याट्री भएको फोनका लागि १८ वाट चार्जर उपलब्ध गराइनेछ ।

यो फोन दुई ओटा भेरियन्टमा उपलब्ध छ । ४ जीबी र्याम र १२८ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको फोनमा थप ४ जीबी र्याम बढाउन सकिन्छ । कम्पनीले यो भेरियन्टको मूल्य १३ हजार ५९९ रुपैयाँ तोकेको छ ।