कीवर्डहरू -

सरकारले इथिकल ह्याकिङलाई प्रोत्साहन गर्ने, साइबर सुरक्षा बारे विद्यालयस्तरमै पढाइने

सरकारले इथिकल ह्याकिङलाई प्रोत्साहन गर्ने, साइबर सुरक्षा बारे विद्यालयस्तरमै पढाइने

सरकारले इथिकल ह्याकिङलाई प्रोत्साहन गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि प्रणालीको सुदृढिकरण गर्न इथिकल ह्याकिङलाई प्रोत्साहन गर्ने भएको हो ।

हालै मन्त्रिपरिषद्बाट पारित भएको राष्ट्रिय साइबर सुरक्षा नीति २०८० मा सञ्चार तथा सूचना प्रविधि प्रणालीको सुदृढिकरण गर्न इथिकल ह्याकिङलाई प्रोत्साहन गरिने उल्लेख गरिएको छ ।

यस बाहेक साइबर सुरक्षा सम्बन्धि विषयलाई विद्यालयस्तर र उच्चशिक्षालय पाठ्यक्रममा समावेश गरिने, साइबर सुरक्षा फिनिसिङ स्कुलको व्यवस्था गरिने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयसँगको सहकार्यमा साइबर सुरक्षा सम्बन्धि दक्ष जनशक्ति उत्पादन गरिने जस्ता विषय नीतिमा समेटिएका छन् ।

आवश्यकता अनुसार सरकारी निकायमा साइबर सुरक्षा सम्बन्धि दक्ष जनशक्ति विकास गरिने, वार्षिक रूपमा साइबर ड्रिल आयोजना गरिने र साइबर सुरक्षासम्बन्धि विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिने समेत नीतिमा भनिएको छ ।