कीवर्डहरू -

सामाजिक सञ्जालबाट भ्रामक जानकारी फैलाउने कार्यलाई नियन्त्रण गरिने

सामाजिक सञ्जालबाट भ्रामक जानकारी फैलाउने कार्यलाई नियन्त्रण गरिने

सामाजिक सञ्जालबाट भ्रामक जानकारी फैलाउने कार्यलाई सरकारले नियन्त्रण गर्ने भएको छ । साइबर सुरक्षा नीति २०८० मा इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोग गरी भ्रामक जानकारी सम्प्रेषण गर्ने कार्यलाई नियन्त्रण व्यवस्था गरिएको हो ।

महिला, बालबालिका वा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिका विरुद्ध लक्षित अनलाइन सेवाहरूलाई निषेध गरिने, इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोगमार्फत हुने विभिन्न प्रकारका हिंसा एवम् भेदभावलाई नियन्त्रण गरिने नीतिमा उल्लेख गरिएको छ ।

यस बाहेक राष्ट्रिय सुरक्षामा आँच पुयाउने, घृणा वा द्वेष फैलाउने, अनलाइन उत्पीडन र साइबर बुलिङ्ग गर्ने, सामाजिक तथा साम्प्रदायिक सद्भावमा खलल पुऱ्याउने, अश्लिलता फैलाउने किसिमका डिजिटल सामग्रीको सम्प्रेषणलाई निषेध गरिने नीतिमा बताइएको छ ।

स्पाम मेसेजहरू सम्प्रेषण गर्ने कार्यलाई पनि नियन्त्रण गरिने नीतिमा भनिएको छ ।