कीवर्डहरू -

त्रिभुवन विश्वविद्यालयको बीएससी सीएसआईटी कोर्षमा खुल्यो भर्ना 

त्रिभुवन विश्वविद्यालयको बीएससी सीएसआईटी कोर्षमा खुल्यो भर्ना 

त्रिभुवन विश्वविद्यालय (टीयू) को चार वर्षे स्नातक तह (ब्याचलर्स) मा कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएससी सीएसआईटी) कोर्षमा भर्ना खुला भएको छ ।

विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालयले शुक्रवार एक सूचना जारी गर्दै भर्ना खुलेको जानकारी गराएको हो ।

बीएससी सीएसआईटीमा भर्ना हुन चाहने विद्यार्थीले टियुको पेजमा गएर अनलाइन आवेदन दिन सक्नेछन् । २०८० सालको नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षामा सहभागी हुनु पर्नेछ ।  प्रवेश परीक्षाका लागि आवेदन दिने वेब पेज भने यही साउन ३२ साउन गते बिहान १० बजेदेखि मात्रै खुल्ने टीयूले जनाएको छ ।

विद्यार्थीले भदौ २६ गते भित्र प्रवेश परीक्षाका लागि आवेदन दिइसक्नु पर्नेे छ । दोब्बर दस्तुर तिरेर भदौ ३१ सम्म फाराम भर्न सकिनेछ । आवेदन दिने विद्यार्थीका लागि प्रवेश परीक्षा शुल्क १,८५० तोकिएको छ ।