मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन नवलपरासीको भुमहीमा रहेको ‘रामनगर समुदायिक हस्पिटल’सँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।
सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले रामनगर समुदायिक हस्पिटल को विभिन्न सेवाहरुमा विशेष २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटीएम कार्य प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ।