कीवर्डहरू -

क्याप्टेन लम्साल र नकर्मी ‘टप गन अवार्ड’ र ‘जेप्सेन अवार्ड’ बाट सम्मानित

क्याप्टेन लम्साल र नकर्मी ‘टप गन अवार्ड’ र ‘जेप्सेन अवार्ड’ बाट सम्मानित

फिलिपिन्समा पाइलट पढेका दुई नेपाली चेलीले प्रतिष्ठित अवार्ड पाएका छन् । फिलिपिन्सको एसियन इन्स्ट्च्यिुड अफ एभिएसन-प्लान्टर एभिएसन कर्पोरेशनले पाइलट पढेका अस्मि लम्साल र आकांक्षा नकर्मीलाई अवार्डबाट सम्मान गरेको हो । क्याप्टेन लम्साललाई उत्कृष्ट विद्यार्थीको अवार्ड प्रदान गरेको छ । जसलाई ‘टप गन अवार्ड’ भनिएको छ ।

त्यस्तै क्याप्टेन नकर्मीलाई ‘जेप्सेन अवार्ड’ बाट सम्मानित गरिएको हो जुन शैक्षिक उत्कृष्टतालाई दिइएको हो। सन् २०२२ मा पाइलटको ट्रेनिङका लागि फिलिपिन्स पुगेका उनीहरूलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो । ट्रेनिङ पुरा गरेका पाइलटहरूलाई इन्स्ट्यिच्युडले दीक्षित गरेको छ ।

दीक्षान्त समारोह गर्दै २२ जना नेपाली विद्यार्थीहरूसहित विभिन्न देशका विद्यार्थीहरू दीक्षित भएका छन् ।उक्त कार्यक्रममा अरु थुप्रै नेपाली पाइलटहरूले पनि विभिन्न अवार्ड पाएका छन् ।

फिलिपिन्सको सरकारी पाइलट ट्रेनिङ दिने उक्त इन्स्ट्च्यिुडमा थुप्रै विदेशी विद्यार्थीहरू पाइलटको ट्रेनिङ लिन जाने गरेका छन् । जसमा नेपाली विद्यार्थीहरू पनि प्रमुख प्राथमिकतमा पर्ने गरेका छन् ।