कीवर्डहरू -

दियालोसँगको सहकार्यमा अटोमेशनमा जाँदै धरान खानेपानी बोर्ड

दियालोसँगको सहकार्यमा अटोमेशनमा जाँदै धरान खानेपानी बोर्ड

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले खानेपानी क्षेत्रलार्ई पनि प्रविधि मैत्री बनाउन सुरू गरेका छन् । यसअघि खानेपानीको अभाव रहेको धरानमा विभिन्न स्थानबाट पानी ल्याइ व्यवस्थापन गरिरहेका साम्पाङ्ग खानेपानी बोर्ड तथा समितिहरूलाई पनि प्रविधिमैत्री बनाउन सुरू गरेका छन् ।

यसै क्रममा धरान खानेपानी व्यवस्थापन बोर्ड र देशभरका खानेपानी समितिहरूलाई डिजिटलाइज गरिरहेको दियालो टेक्नोलोजीज प्रा.लि बिच बोर्डलाई अटोमेशनमा लैजान सम्झौता भएको छ । सम्झौता पत्रमा दियालो टेक्नोलोजिजका तर्फबाट चिफ बिजनेस अफिसर रोशन गौतम र धरान खानेपानी बोर्डका तर्फबाट भेषराज अधिकारीले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै खानेपानी बोर्डमा क्लाउडमा आधारित बिलिङ, लेखा व्यवस्थापन सफ्टवेयर वाटरमार्क प्रयोग गरि पूर्ण अटोमेशनमा लगिनेछ । उपभोक्ताले खानेपानीको महशुल घरबाटै तिर्न सकिने अनलाइन भुक्तानी सुविधाको मेयर साम्पाङ्गले यसअघि नै उद्घाटन गरिसकेका छन् ।

मेयर साम्पाङ्गले ग्राहक उपभोक्ताहरुलाई राहत दिलाउन खानेपानी बोर्डको कामलाई पनि प्रविधियुक्त पूर्ण अटोमेशनमा लैजाने बताए । यस्तै धरान खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले अबदेखि पानीको महशुल इसेवा, खल्ती वा फोन पेको माध्यमबाट घरबाटै तिर्न सकिने बताएका छन् ।

हालसम्म करिब ८ सयवटा खानेपानी समितिहरुलाई डिजिटलाईजेशन गरिसकेकोे दियालोले खानेपानी क्षेत्रका सम्पूर्ण प्रक्रियालाई अन्तराष्ट्रिय मापदण्डको बनाउने उदेश्यसहित वाटरमार्क सफ्टवेयर विकास गरेको हो । स्मार्ट वाटर प्रविधिको धरान खानेपानी बोर्डमा विस्तार गर्न सम्झौता गरिएको हो ।