कीवर्डहरू -

‘रोड टु ग्लोबल ई स्पोर्ट्स गेम्स क्वालिफायर’को रजिष्ट्रेसन खल्ती मार्फत गर्न सकिने

‘रोड टु ग्लोबल ई स्पोर्ट्स गेम्स क्वालिफायर’को रजिष्ट्रेसन खल्ती मार्फत गर्न सकिने

खल्तीले  ई स्पोर्ट्स गेमिङप्रति बढ्दो रुचिलाई मध्यनजर गर्दै नेसा र ग्लोबल इस्पोर्ट  गेम्सको सहकार्यमा ‘रोड टु  ग्लोबल ई स्पोर्ट्स गेम्स क्वालिफायर’ गेमिङ्ग टुर्नामेंटको  रजिष्ट्रेसन सुविधा उपलब्ध गराउने भएको छ।  सो रजिष्ट्रेसन सुविधा यही श्रावण २४ देखि श्रावण ३० गते सम्मको लागि उपलब्ध हुनेछ ।

श्रावण  ३० देखि सुरु हुने यस टुर्नामेंटमा डोटा २, पब जी,  स्ट्रिट फाईटर र ई फुटबल गरी चारवटा गेमहरू रहेका छन् । ई स्पोर्ट्स गेमिंगमा रुचि भइका र खेल्न इच्छुक सि सुकैले पनि खल्ती मार्फत रजिस्ट्रेसन गरी निशुल्क सहभागिता जनाउन सक्नेछन् ।  प्रतियोगीहरले गेमको नियमहरुमा सिमित रहेर प्रतिस्पर्धा गर्नेछन् ।

सहभागी मध्ये डोटा २ र  पब जी तर्फ १ (१ टिम साथै स्ट्रिट फाईटर र ई फुटबल तर्फ १ - १ प्रतिस्प्रधि नेसनल क्वालीफायरका बिजेता बन्नेछन् । क्वालीफायरका बिजेताहरू साउदी अरेवीयामा हुने अन्तराष्‍ट्रिय ई स्पोर्ट्स गेमिंग  टुर्नामेंटमा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।

यस बारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने,  “हामीले ‘खल्ती’ लाई डिजिटल वालेटको रूपमा मात्र नभएर ट्रेन्डि र  लाइफ स्टाइल ब्रान्डको रूपमा प्रस्तुत गर्दै आईरहेका छौं । हामीले आफ्ना प्रयोगकर्ताहरुलाई  आफ्नो प्रतिभा र क्षमता प्रस्तुत गर्न विभिन्न कार्यक्रमहरुको रजिष्ट्रेसन सुबिधाहरू पनि उपलब्ध गराउदैँ आएका छौँ, त्यसै अनुरुप हामीले  यस ई(स्पोर्ट्स गेमिंगको दर्ता सेवा उपलब्ध गराएका हौँ । यस सुविधाले खल्ती प्रयोगकर्ताहरूमा थप उत्साह प्रदान गर्ने कुरामा हामी विस्वस्त छौँ ।"