कीवर्डहरू -

महालक्ष्मी विकास बैंकका मोबाइल बैंकिङ्ग ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

महालक्ष्मी विकास बैंकका मोबाइल बैंकिङ्ग ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले पर्साको विरगन्जमा रहेको मंगलम डाइग्लोस्टिक सेन्टरको प्याथोलोजी टेस्ट सेवामा १० प्रतिशत, छुट दिने सम्झौता भएको छ ।

यसैगरी बाराको सिमरामा अवस्थित होटल क्विक–२० एण्ड रिभर साइडका सेवाहरुमा अधिकतम १०%, मकवानपुरको हेटौँडामा अवस्थित रेगाल हेटौँडा रिसोर्टका सेवाहरुमा अधिकतम १५ प्रतिशत, कैलालीको धनगढीमा अवस्थित निसर्ग हस्पिटलका सेवाहरुमा अधिकतम २० प्रतिशत, हेटौँकै विशुद्ध मोमोचाका  सेवाहरुमा १० प्रतिशत र चितवनको भरतपुरमा अवस्थित कविलाु रिसोर्ट एण्ड फनपार्कका सेवाहरुमा १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।