कीवर्डहरू -

ईसेवा वालेटले पायो पब्लिक कम्पनीमा जानलाई पुर्व स्वीकृति 

ईसेवा वालेटले पायो पब्लिक कम्पनीमा जानलाई पुर्व स्वीकृति 

नेपालको पहिलो वालेट कम्पनी इसेवालाई पब्लिक कम्पनीमा जानलाई पूर्व स्वीकृति दिएको छ । नेपाल राष्ट्र बैंकले पब्लिक कम्पनीमा जानलाई आवश्यक न्युनतम मापदण्ड पुरा गरेकाले पूर्व स्वीकृति दिएको हो ।

नेपाल राष्ट्र बैंकले इसेवामा यी लगानीकर्तालाई संस्थापक शेयरधनीको रुपमा स्वीकार गरिसकेको छ । कम्पनी रजिष्ट्रारको कार्यलयबाट यसबारे थप प्रकृया पुरा गरेपछि मात्रै इसेवाले राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाउनेछ ।

इसेवामा हाल दश जना संस्थापक शेयरधनीहरु रहेका छन् । जसमा यसका चार संस्थापक विश्वास ढकाल, अस्गर अलि,  सुवास शर्मा, सुवास सापकोटा तथा पछि लगानीकर्ताको रुपमा भित्रिएको कान्तिपुर ग्रुपका सम्भव सिरोहिया रहेका छन् । त्यस्तै  ५ जना सँस्थामा लामो समयदेखि कर्मचारीको रुपमा काम गरिरहेकाहरु पनि संस्थापकको रुपमा छन् ।

ई–सेवामा विश्वास ढकालको ३५ प्रतिशत, अस्गर अलीको २५ प्रतिशत,  सुवास शर्माको १० प्रतिशत, सुभाष सापकोटाको ५ प्रतिशत तथा  कान्तिपुर ग्रुपमा प्रबन्ध निर्देशक सम्भव सिरोहियाको २० प्रतिशत शेयर रहेको छ ।  ५ प्रतिशत शेयर भने अन्य ५ कर्मचारीको नाममा रहेको छ ।