कीवर्डहरू -

पोखरा विश्वविद्यालयको \'ईन्जिनियरिङ अध्ययनका अवसरहरु\' विषयमा एक दिने अभिमुखि कार्यक्रम सम्पन्न

पोखरा विश्वविद्यालयको \'ईन्जिनियरिङ अध्ययनका अवसरहरु\' विषयमा एक दिने अभिमुखि कार्यक्रम सम्पन्न

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायको आयोजनामा पोखरा विश्वविद्यालयमा ईन्जिनियरिङ अध्ययनका अवसरहरु विषयमा एक दिने अभिमुखि कार्यक्रम काठमाण्डौ कमलादी स्थित प्रज्ञाप्रतिष्ठानमा सम्पन्न भएको छ ।

पछिल्ला केही बर्ष यता कक्षा १२ अध्ययन सकेर उच्च शिक्षा लिनको लागि विदेशिने क्रम निरन्तर बढ्दै गएको बर्तमान अवस्थामा नेपाल भित्र नै भएको अध्ययन को अवसरलाई विद्यार्थीमाझ अझ स–सक्त ढंगले पु¥याउन यस कार्यक्रम आयोजना गरेको पोखरा विश्वविद्यालयले जनाएको छ ।

कमलादी स्थित प्रज्ञाप्रतिष्ठानमा आयोजना गरेको कार्यक्रमा हालै मात्र अमेरिकाको हार्वड विश्वविद्यालयवाट अर्वान प्लानि¨मा स्नातकोत्तर गरेर आएकी मिस नेपाल २०१८ तथा आर्किटेक श्रींखला खतिवडाको समेत उपस्थिति थियो ।

उनले आफ्नो अनुभवका साथै विश्वभर ईन्जिनियरिङ अध्ययनको अवस्था, यसवाट प्राप्त हुने अवसर र यस क्षेत्रका चुनौतिको बारेमा बताईन । स्नातकोत्तर गरे लगत्तै नेपाल फर्किएकी खतिवडाले भविष्यका ईन्जिनियर बन्न चाहनेहरुलाई नेपालमै प्रचुर सम्भावना रहेको उल्लेख समेत गरिन ।

उक्त कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेम नारायण अर्याल, रजिष्ट्रार प्रा.डा. दीपक बहादुर भण्डारीले पोखरा विश्वविद्यलयको समग्र विषयमा जानकारी दिएका थिए भने विज्ञान तथा प्रविधि संकायका डीन प्रा.डा. राजेश ठकुराठीले पोखरा विश्वविद्यालय तथा यसको सम्बन्धनमा संचालनमा रहेका विभिन्न कलेजमा चलिरहेका स्नातक तथा स्नतकोत्तर तहका कार्यक्रमहरुको बारेमा विस्तारमा बताएका थिए ।

साथै उनले विश्वविद्यलयको भर्ना प्रकृया, विद्यमान छात्रबृत्तिको अवस्था, परिस्कृत पाठ्यक्रम, परीक्षा प्रणाली र मुल्यांकन पद्दतीको बारेमा पनि विद्यार्थीहरुलाई अवगत गराएका थिए ।

कार्यक्रमका प्रमुख वक्ता ई. ज्ञानेन्द्र लाल प्रधानले सिभिल ईन्जिनियरिङको क्षेत्रमा र ई. बिरोध रिजालले आई.टी. क्षेत्रमा नेपालको ईन्जिनियरिङ शिक्षा, उत्पादीत ईन्जिनियरिङ जनशक्ति र अवसरका विषयमा आ–आफ्नो प्रस्तुती दिएका थिए भने नेपाल ईन्जिनियरि¨ परिषदका अध्यक्ष प्रा. डा. पदमा बहादुर शाहीले परिषद गर्ने कार्य र ईन्जिनियरिङ शिक्षाको गुणस्तरको विषयमा आफ्नो विचार राखेका थिए ।

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधी संकायका डीन प्रा.डा. राजेश ठकुराठीले अध्यक्षता गर्नु भएको उक्त कार्यक्रमको सञ्चालन पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले गरकी थिइन् ।