छूटमा ग्राहकहरूलाई भ्रमित गरेको आरोपमा अष्ट्रेलियामा डेल युनिटलाई साढे ६ मिलियन डलर जरिवाना तिराइएको छ ।
अष्ट्रेलियाको संघीय अदालतले सोमबार (हिजो) डेल टेक्नोलोजिज इंकको स्थानीय यूनिटलाई एड–अन कम्प्युटर मोनिटरहरूको लागि छुटको बारेमा आफ्नो वेबसाइटमा भ्रामक प्रस्तुतिहरू गरेकोमा १० मिलियन अष्ट्रेलियन डलर अर्थात ६.५ मिलियन अमेरिकी डलर जरिवाना तिर्न आदेश दिएको हो ।
अष्ट्रेलियाकोे प्रतिस्पर्धा नियामकद्वारा गरेको कानुनी कारबाहीमा डेल अष्ट्रेलियालाई जूनमा संघीय अदालतद्वारा कम्पनीको वेबसाइटमा एड–अन मोनिटरहरूमा मूल्य वा छुटको बारेमा ग्राहकहरूलाई भ्रमित गरेकोमा दोषी पाएको हो ।
आईसीटी समाचार