कीवर्डहरू -

अब कुनै पनि पुरानो गाडी दिएर नयाँ एमजी जेडएस ईभी लैजान पाइने 

अब कुनै पनि पुरानो गाडी दिएर नयाँ एमजी जेडएस ईभी लैजान पाइने 

एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लिले आफ्नो १०० औं वार्षिकोत्सवको अवसरमा एक्सचेन्ज अफर सार्वजनिक गरेको छ ।

यसअन्तर्गत ग्राहकहरुले कुनै पनि पुरानो गाडी दिएर नयाँ एमजी जेडएस ईभी घर लैजान सक्नेछन् ।
साउन २६ देखि भदौ २४ सम्म लागू हुने यस अफर बनेपा, नारायणगढ, धनगढी, दाङ, बुटवल, भैरहवा, बिर्तामोड, जनकपुर, पोखरा, वीरगंज, विराटनगरस्थित डिलरहरुमा उपलब्ध हुनेछ ।