कीवर्डहरू -

डीआरएस गेमिङले पब्जी प्रतियोगिता आयोजना गर्ने

डीआरएस गेमिङले पब्जी प्रतियोगिता आयोजना गर्ने

नेपाली पब्जी टिम डीआरएस गेमिङले पब्जी प्रतियोगिता आयोजना गर्ने भएको छ । पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) नखेलेको टिमहरूका लागि लक्षित गर्दै डीआरएसले यो प्रतियोगिता गर्न लागेको सामाजिक सञ्जालमा एक भिडिओ राख्दै डीआरएसले  यसबारे जानकारी दिएको हो ।

आगामी संस्करणमा भने पीएमपीएल खेलेका टिम र अघिल्लो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई समावेश गर्ने डीआरएसको योजना छ ।

प्रतियोगिताको पुरस्कार राशि, फर्म्याट, टिम दर्ता तथा गेम हुने मितिबारे छिट्टै जानकारी दिइने डीआरएसले जनाएको छ ।